हासिया प्रहार गरि आफ्नै साथीको हत्या
सीता भण्डारी गुल्मी असोज १९, गुल्मीको सदरमुकाम तम्घघासमा आफ्नै साथीको हत्या गर्नेलाई जिल्ला प्रहरी कार्यलयले शुक्रबार सार्वजनिक गरेको छ ।
जिल्लाको पुर्कोटदह वडा नं. ८ घर भई तम्घास गाविस वडा नं. ९ चारीखोलामा वसोवास गर्दै आएका डल्ले कामी भन्ने जनक विश्वकर्मालाई हत्या गर्ने पुर्कोटदह गाविस वडा नं. १ घर भई हाल तम्घास ६ चारीखोलामा डेरा गरी वस्ने ३६ वर्षीय जीवलाल घर्तिलाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीले शुक्रवार पत्रकार भेटघाट कार्यक्रमा जीवलाल घर्तिले १५ गते हासिया प्रहार गरि हत्या गरेको स्वीकारेको जनाएको छ । विकको घरमा वसेर सागै मदिरा पदार्थ सेवन गरेका दुवै जनाविच भनाभन हुादा घर्तिले धारिलो हासिया प्रहार गरी हत्या गरेको अनुसन्धानवाट खुलेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले जानकारी दिए ।
