|

आगलागीबाट एकको मृत्यु, दुई घाइते


१९ गुल्मी, गुल्मी । गुल्मीको मर्भुङमा आज दिउँसो घरमा आगलागीमा परेर एक बालकको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । मर्भुङ गाविस- ९ रैथुमा निवासी मोतीलाल मुखियाको दुई वषर्ीय छोरा थम्मनको जलेर मृत्यु भएको हो । आगलागीमा परी मोतीलालकी श्रीमती मनकला मुखिया र पाँच वषर्ीया छोरी दीपिका घाइते भएको मर्भुङ प्रहरीचौकीका प्रमुख कृष्ण नेपालीले जानकारी दिनुभयो । घाइते आमा छोरीमध्ये दीपिकाको अवस्था चिन्ताजनक छ ।

स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिइसकेको र घटनास्थलतर्फ थप टोली पठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार बैदवारले बताउनुभयो । बालबालिका गोठमा बसेर खेलिरहेको बेला आगो सल्किएको उद्धार कार्यमा संलग्न स्थानीय खड्ग नेपालीले जानकारी दिनुभयो ।

Posted by Butwalonline on 5:47 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आगलागीबाट एकको मृत्यु, दुई घाइते"

Leave a reply