|

मोटरसाइकल दुर्घटनामा एमाले नेताको निधन


१९ असोज, दाङ । नेकपा एमालेले आयोजना गरेको सरकारविरूद्धको जनप्रदर्शन कार्यक्रममा सहभागी हुन आउँदै गरेका एमाले दाङ क्षेत्र नम्बर ३ का अध्यक्ष घनश्याम बुढाथोकीको मोटरसाईकल दुर्घटनामा परि ज्यान गएको छ । शुक्रवार दाङको घोराहीमा आयोजित कार्यक्रममा सहभागी हुन  आउँदै गर्दा दिपशिखा रोडमा लु ६ प ७८१७ नम्बरको मोटरसाईकलले बुढाथोकी सवार लु १० प ९४७१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका सौडियार-४, का ४५ बर्षीय बुढाथोकीको राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लैजानेक्रममा वाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।  ठक्कर दिने मोटरसाईकलका चालक घोराहीका एकराज केसी र मोटसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

Posted by Butwalonline on 5:44 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मोटरसाइकल दुर्घटनामा एमाले नेताको निधन"

Leave a reply