|

त्रिभुवन विमानस्थलमा ठूलो परिमाणमा अबैध विदेशी मुद्रा बरामद

काठमाडौं, कार्तिक ११ । त्रिभुवन विमानस्थलमा फेरि ठूलो परिमाणमा अबैध विदेशी मुद्रा बरामद भएको छ । आफुलाई जडिबुटीको ब्यापारी बताउने हुम्लाका दावा टासी लामा १ लाख ९५ हजार युरोसहित पक्राउ परेका छन् । सो मुद्रा नेपाली रुपैयासंग विनियम गर्दा २ करोड १४ लाख ५० हजार हुने प्रहरीले जनाएको छ । लामा शुक्रबार विहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुंदै भारतको राजधानी नयांदिल्ली जान लागेका थिए ।

विमानस्थलको एक्सरे मेसिनबाट उनको लगेज जांच गर्नेक्रममा उक्त विदेशी मुद्रा फेला परेको हो । हुम्ला स्थायी ठेगाना भएका लामाले लामो समयदेखि भारतबाट नेपाल हुदै चीनतर्फ जडिबुटी निकासी गर्ने गरेको प्रहरीले जनाएको छ । वयानको क्रममा लामाले सो रकम चिनिया व्यापारी आङ्गजिन र आफ्नो साझा भएको बताएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा लामाले भारतमा लाग्ने हुण्डीको कर छल्नको लागि साथमै रकम लिएर जान लागेको देखिएको विमानस्थलका प्रहरी प्रमुख नारायणप्रसाद बस्ताकोटीले बताउनुभयो ।

लामाले आफुले २० बर्षदेखि जडिबुटिको व्यापार गर्दै आएकोमा १ वर्ष अघिबाट चिनिया नागरिक आङ्गजिन संग साझेदारी गरेको बताएका छन् । हुण्डीमार्फत युरो पठाउंदा भारतमा करिब १० लाख रुपैँया बराबरको कर तिर्नु पर्ने भएकाले आफ्नै साथमा रकम लान खोजेको लामाले स्वीकार गरेका छन् ।
स्रोत :इमेज  च्यानल 

Posted by Butwalonline on 10:27 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "त्रिभुवन विमानस्थलमा ठूलो परिमाणमा अबैध विदेशी मुद्रा बरामद"

Leave a reply