भद्रकाली मन्दिरमा एक जना महिलाले छातिमा जमरा राखिन(भिडियो )
काठमाडौं, आश्विन ३० । हनुमान ढोकाको निशान भगवतीमा आज देखि विधिवत् रुपमा जमरा राखिएको छ । बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा जमरा राखिएको हो । शार्दुल जंग गुल्मका गुल्मपती लाल बाहादुर भुजेलले विधिवत् रुपमा जमरा राखेका थिए । जमरा राख्नु अघि ३२ तोपको सलामी समेत दिइएको थियो ।
त्यस्तै भद्रकाली मन्दिरमा हरेक वर्ष जस्तै यस वर्ष पनि एक जना महिलाले छातिमा जमरा राखेकी छिन् । भक्तपुर घर भएकी सरस्वती बुढाथोकीले छातिमा जामरा राखेकी हुन् ।

