नेपालमा,दसैको मुखमा फेरी स्वाइन फ्लु प्रकोप
काठमाडौ, आश्विन १८ - राजधानी र बाहिरका जिल्लाहरूमा स्वाइन फ्लु (एचवानएनवान) देखिएको पुष्टि भएपछि सरकारले एन्टिभाइरल औषधि र उपचार निर्देशिका पठाएको छ । विशेषज्ञहरूले कडा रुघाखोकीका बिरामी सजग हुनुपर्ने सुझाव पनि दिएका छन् ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका डा. विश्वराज पोखरेलले आफूहरूलाई स्वाइन फ्लु देखिएकोबारे आधिकारिक जानकारी नआए पनि अञ्चल तथा क्षेत्रीय अस्पतालमा एन्टिभाइरल औषधि टैमी फ्लु पठाइएको बताए ।
चिकित्सकहरूले स्वाइन फ्लुको जानकारी समयमै सरकारले सार्वजनिक नगरेकोमा गुनासो गरेका छन् । 'देखिएलगत्तै यो जानकारी सार्वजनिक गर्नुपर्ने थियो,' वीर अस्पतालका वरिष्ठ फिजिसियन एवं कलेजो रोग विशेषज्ञ प्रा.डा. अनिलकुमार मिश्रले भने, 'स्वाइन भित्रिसकेको थाहा भएपछि हाल भाइरल इन्फ्लुएन्जाका रोगीहरूलाई चिकित्सकले सामान्य इन्फ्लुएन्जा ठानेर उपचार गर्दा देखिने गरिएको जटिलता कम हुने थियो ।'
मौसमी इन्फ्लुएन्जा -रुघाखोकी) को तुलनामा एचवानएनवानबाट उत्पन्न फ्लु बढी संक्रामक मानिन्छ । प्रयोगशालाको तथ्यांकअनुसार काठमाडौंमा १५ र ललितपुरमा चार नमुनामा स्वाइन फ्लु देखिएको हो । काठमाडौंका ९ नमुनामा त स्वाइन फ्लु र इन्फ्लुएन्जा बीको संयुक्त संक्रमणसमेत देखिएको थियो ।
ललितपुरमा दुई नमुनामा स्वाइन फ्लु र इन्फ्लुएन्जा बीको संयुक्त संक्रमण देखियो । चितवनका १७ मध्ये आठ, खोटाङका ११ मध्ये तीन र सिन्धुलीका १२ मध्ये ११ वटामा स्वाइन फ्लु देखिएको छ । सिन्धुलीको ११ नमुनामा स्वाइन फ्लुसँगै इन्फ्लुएन्जा बीको समेत संयुक्त संक्रमण देखिएको थियो ।
'कडा रुघाखोकी लागे सजग हुनुपर्छ,' वरिष्ठ छाती रोग विशेषज्ञ डा. रमेश चोखानीले भने, 'यसको संक्रमण प्रायः दुई सातासम्म रहेर आफैं हट्न पनि सक्छ, तर कहिलेकाहीं भाइरल संक्रमण कडा भएर भेन्टिलेटरमै राख्नुपर्ने अवस्था आउन सक्छ ।' डा. चोखानीका अनुसार फ्लुको मौसममा घर बाहिरबाट आएपछि साबुन पानीले हात धोएर मात्र मुख, नाक र आँखा छोए जोखिम कम हुन्छ । शरीरमा विषाणु प्रवेश गर्ने बाटो यिनै हुन् ।
खोटाङ तीन जनामा स्वाइन फ्लु खोटाङ जिल्लामा तीन जनामा स्वाइन फ्लु फेला परेको छ । एक महिनाअघि जिल्ला अस्पतालका १३ बिरामीमा गरिएको परीक्षणमा तीन जनामा फेला परेको अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सक श्रीधर अधिकारीका अनुसार सरुवा रोग नियन्त्रण महाशाखाबाट खटिएका टोलीले ओपीडीमा गरेको परीक्षणमा स्वाइन फ्लु -एचवानएनवान पीडीएम जिरोनाइन) भाइरल फेला परेको हो । रिपोर्ट केही दिनअघि मात्र आएकाले फलो गर्न नसकिएको अस्पतालले जनाएको छ ।
स्रोत :कांतिपुर