|

भारतीय सीमावर्ती बजारमा नेपाली रुपैयाँ बहिष्कार

जनकपुर असोज १८ - भारतीय सीमावर्ती जयनगर बजारका व्यवसायीले नेपाली रुपैयाँ बहिष्कार गरेका छन् । भारतीय व्यवसायलाई नेपाली रुपैयाँसहति पक्राउ गरेको विरोधमा उनीहरुले संस्थागत निर्णय गरी सात दिनसम्म नेपाली रुपैयाँ नलिने घोषणा गरेको खबर नागरिक दैनिकले छापेको छ ।

विगत दुई बर्षलेखि नेपालको सीमावर्ती प्रशासनद्धारा जयनगरबाट नेपाली रुपैयाँ लगिरहेको क्रममा नेपाली रुपैयाँ जफत हुने र व्यवसायीले जेल जीवन विताउनु पर्ने भएकाले यस्तो निर्णय गरेको व्यवसायीहरुले बताएका छन् । सोही मुद्धामा जेल परेका धेरै व्यवसायीहरु न्यायीक प्रतिक्षामा बसेका छन््, जयनगर च्याम्बर अफ कमर्सले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

सात दिन भित्र नेपाली नोटको कारोबार बारेमा सरकारले उचित नीति नियम नबनाए कडा आन्दोलन गर्ने र नेपाली रुपैयाँलाई बहिष्कार गर्दै जाने तयारी भएको व्यवसायीहरुले बताएका छन् ।
स्रोत :ऑनलाइन खबर 

Posted by Butwalonline on 7:42 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भारतीय सीमावर्ती बजारमा नेपाली रुपैयाँ बहिष्कार"

Leave a reply