|

सिरहा स्थित एनसेल सेन्टरमा आगलागी


सिरहा, असोज १८- सिरहा -१ स्थित एनसेल सेन्टरमा आज बिहान आगलागी भएको छ। आगलागीबाट करिब पचास लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक राजकुमार शाहीका अनुसार, आगलागीको यकिन कारणबारे अनुसन्धान भैरहेको छ।

सेन्टरको फर्निसिङ काम भैरहेकाले विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ। आगलागीबाट सेन्टरमा जडान गरिएको एयरकन्डिसनर, व्याट्री इन्भर्टर, युपीएस, कम्पयुटर, लगायतका सामान गरी करिब एक करोड क्षति भएको एनसेल सेन्टरको दावी छ।

आगलागीले घरको भिता समेतमा क्षति पुगेको छ। छेउमै रहेको हिरो मोटरसाइकल सोरुममा पनि सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। आगो स्थानीयबासी, प्रहरी, नेपाली सेना र लहानवाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको थियो।
स्रोत : नागरिक न्यूज 

Posted by Butwalonline on 7:28 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सिरहा स्थित एनसेल सेन्टरमा आगलागी "

Leave a reply