एसीसी ट्रफी क्रिकेटमा नेपाल कुवेतसँग ४ विकेटले पराजित
काठमाडौं,असोज २० - युएईमा जारी एसीसी ट्रफी एलिट कप क्रिकेटमा नेपाल कुवेतसँग ६ विकेटले पराजित भएको छ । यससँगै अन्तराष्ट्रिय क्रिकेटमा नेपालको ९ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ ।
एसीसी ट्रफीमा नेपालले कुवेतसँग हार व्यहोरेको यो पहिलो पटक हो । यसअघि भएको ४ भेटमा नेपाल विजयी भएको थियो ।नेपालले प्रस्तुत गरेको २ सय ८१ रनको विजयी लक्ष्य कुवेतले ४६ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । उसको जितमा सिवेटिन राज्जाले ७७, कासिफ सरिफले ५९ तथा अविड मुस्तक्युले ५४ रन बनाए । यस्तै इर्फान भाटीले ४७ रनको योगदान दिए ।
यसअघि टस जितेर पहिले व्याटिङ थालेको नेपालले कप्तान पारस खड्काको शतकको मदतमा निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ८० रन बनाएको थियो । खड्काले ७७ बलमा ४ छक्का र ७ चौकको मदतमा अविजित १ सय ६ रन बनाए ।यस्तै ज्ञनेन्द्र मल्लले ५३ तथा सुवाष खकुरेलले ४५ रन बनाए भने पृथु वास्कोटाले ३७, अनिल मण्डलले १९ र प्रदीप ऐरीले ११ रन जोडे ।
