पहिरोले विद्युत गृह बगाएपछि एक महिनादेखि विद्युत अवरुद्ध
पर्वत, असोज २० – पर्वतको शालिजा गाविसमा रहेको १२ किलोवाट क्षमताको लुङ्दीखोला लघुजलविद्युत आयोजना पहिरोले विद्युत गृह बगाएपछि एक महिना देखि बन्द भएको छ । आर्थिक अभावमा विद्युतगृह मर्मत गर्न नसक्दा शालिजा ९ का करिव ५० घरधुरी अन्धकारमा बस्न बाध्य छन् ।
भदौ १६ गते आएको बाढीले विद्युत गृह बगाएपछि मर्मत हुन सकेको छैन । बाढीले ४१ लाख भन्दा बढिको क्षति पु¥याएको अध्यक्ष लुङदीखोला लघु जलविद्युत परियोजनाका अध्यक्ष गमबहादुर पुनले जानकारी दिनुभयो । खोलामा आएको बाढीले २ थान डाईनामो, १ थान टर्वाईन, कन्ट्रोल प्यानल १ थान, डाईनामो फ्रेम सेट १ थान, क्यापासेटर लगायतका सामानमा क्षति पुर्याएको छ । ३ सय मिटर नहरमा पूर्ण रुपमा क्षति पुगेको छ । यो आयोजना स्थानीयवासीको पहलमा रकम संकलन गरेर ४१ लाख रुपैयाँको लागतमा सञ्चालन गरिएको थियो ।
स्रोत : उज्यालो नेटवर्क