|

बीस वर्ष पुराना गाडी विस्थापित गर्ने तयारी


बुटवल,असोज २० - यातायात व्यवसायी संस्थामध्येको सबैभन्दा धेरै सार्वजनिक यातायातका साधन आबद्ध भएको पश्चिम नेपाल बस व्यवसायी सङ्घ बुटवलले आगामी वर्षका लागि झन्डै रु २२ करोडको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

संस्थाको यो बजेट अघिल्लो आवभन्दा करिब रु पाँच करोड बढी हो । सार्वजनिक गरिएको बजेटमा गत आवको करिब रु १७ करोड ५२ लाख अनुमानित बजेटमध्ये करिब रु १७ करोड ७५ लाख यथार्थ आम्दानी भएको थियो ।

बजेटमा सबैभन्दा ठूलो रकम व्यवसायी कल्याणकारी कोषमा रु पाँच करोड १७ लाख विनियोजन गरिएको छ । यस्तै यातायात व्यवसायीको संस्था व्यवसायी संरक्षण कोषका लागि रु दुई करोड विनियोजन गरिएको छ ।   सार्वजनिक सवारी व्यवसायीको संस्था बस व्यवसायी सङ्घले आगामी वर्षका लागि यात्रु दुर्घटनातर्फ तेस्रो पक्ष बिमा भुक्तानीका लागि रु चार करोड विनियोजन गरेको छ ।

सो संस्थाले यात्रुलाई सर्वसुलभ तथा स्तरीय यातायात सेवा उपलब्ध गराउने उद्देश्यले केही वर्षदेखि पुराना सवारीसाधन विस्थापित गर्ने योजनालाई आगामी वर्षमा समेत निरन्तरता दिने भएको छ ।  सो संस्थाले एक दशकदेखि यात्रुलाई सुरक्षा तथा स्तरीय सेवा दिने उद्देश्यले २० वर्ष पुराना गाडी विस्थापित गर्ने नीतिअन्तर्गत कार्यक्रम सञ्चालन गर्दैआएको छ ।

यसअन्तर्गत सङ्घले १९९१ मोडलभन्दा पुराना सवारी विस्थापित गर्ने नीतिअन्तर्गतको पुराना गाडी संरक्षणकोषअन्तर्गतको कार्यक्रममा गाडी विस्थापित गर्ने लक्ष्यसहित चालु आवमा रु दुई करोड ८२ लाख विनियोजन गरेको छ । सङ्घले गत आवमा ७५ वटा गाडी विस्थापित गर्ने लक्ष्य राखेकामा ३९ वटा गाडी विस्थापित गरिएको थियो ।सङ्घ अन्तर्गत झन्डै दुई हजार सवारी आबद्ध रही देशका सबै महत्वपूर्ण राजमार्ग तथा पहाडी जिल्लामा यात्रुलाई सार्वजनिक सवारीको सेवा सञ्चालन गरिएको छ |

Posted by Butwalonline on 5:35 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बीस वर्ष पुराना गाडी विस्थापित गर्ने तयारी"

Leave a reply