|

तुलसीपुर नगरपालीको व्यापार संघको अध्यक्षमा केसी


दाङ,असोज २० -  नेपाल राष्ट्रिय उद्योग व्यापार संघको तुलसीपुर नगर भेला वाट अध्यक्षमा यज्ञ बहादुर केसी चयन हुनुभएको छ । शनिवार भएको भेलाले २१ सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको हो ।

यसैगरी अन्य पदाधिकारीहरुमा उपाध्यक्ष पर्शुराम पुन र निर्मल आचार्य, सचिव डिल्ली बहादुर ओली, सह सचिव दुर्गा बहादुर भूषाल कोषध्यक्षमा अल बहादुर वाँठा चयन हुनुभएको छ ।

संघको संयोजक यज्ञ बहादुर केसिको अध्यक्षता एवं एकिकृत नेकपा माओावादि जवस फ्रयाक्सन ईन्चार्ज लुमाकान्त न्यौपाने सागरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निर्मल कुमार आचार्यको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सञ्चालन डिल्ली ओलिले गर्नुभएको थियो ।

Posted by Butwalonline on 5:38 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " तुलसीपुर नगरपालीको व्यापार संघको अध्यक्षमा केसी"

Leave a reply