|

स्बतन्त्र पत्रकार संघ रुपन्देही शाखाको अध्यक्षमा बाबुराम गैरे


बुटबल,असोज २० -  रुपन्देहीमा रहेका बिभिन्न संचारसंस्थामा कार्यरत क्रियासील संचारकर्मीहरुको शनिवार बुटबलमा सम्पन्न भेलाले बाबुराम गैरेको अध्यक्षतामा स्वतन्त्र पत्रकार संघ नेपालको रुपन्देही शाखा गठन गरेको छ । जसको उपाध्यक्षमा गोबिन्द बस्नेत, सचिबमा आशोक गौतम र कोषध्यक्षमा कल्पना पाण्डे रहनुभएको छ ।

त्यस्तै सदस्ययहरुमा कृष्ण खनाल, बाबुराम भुषाल, वीरेन्द्र पाण्डेय, सावित्री आचार्य, अनिल भुषाल रहनुभएको छ । भेलाले अरुण ज्ञवाली, भेषराज कार्की,बिनोद परियार, रेनुका गिरी र राजेन्द्रजंग रायमाझिलाई केन्द्रीय पार्षदमा चयन गरेको छ । स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षता र कल्पना पाण्डेको संचालनमा भेला सम्पन्न भएको हो ।

Posted by Butwalonline on 5:41 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्बतन्त्र पत्रकार संघ रुपन्देही शाखाको अध्यक्षमा बाबुराम गैरे"

Leave a reply