संक्रमणकालीन न्यायलाई ब्यवस्थितगर्न सञ्चार माध्यमको शसक्त भूमिका
बुटवल ,असोज २० - संक्रमणकालीन न्यायलाई ब्यवस्थित गर्न सञ्चार माध्यमको भूमिकालाई शसक्त बनाउनुपर्ने बुटवलमा आयोजित कार्यक्रममा जोड दिइएको छ । नमुना एकीकृत बिकास परिषद् रुपन्देहीको आयोजनामा आज बुटवलमा आयोजित संयुक्त राष्ट्र संघ सुरक्षा परिषदबाट पारित प्रस्ताब नं १३ सय २५ र १८ सय २० को कार्यन्वयन राष्ट्रिय कार्ययोजनाका बिषयमा संचारकर्मीहरुसाग गरिएको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा सहजिकरणगर्दै कानून ब्यवसायी सुर्य अधिकारी, नमुनाकी अध्यक्ष ज्ञानु पौडेलले संयुक्त राष्ट्र संघबाट पारित दुई प्रस्ताबले द्धन्द्ध समाधान, ब्यवस्थापन र रोकथामका लागि नैतिक दवाब सिर्जना गरेको बताउनुभयो । कार्यक्रममा सञ्चारिका समूह लुम्बीनीका संयोजक अमृता अनमोलले संक्रमणकालीन न्याय र द्धन्द्ध ब्यवस्थापनका लागि सञ्चारमाध्यमहरुले उठाउन सक्ने मुद्धाहरुका बिषयमा जानकारी गराउनुभएको थियो ।
