एमाले मक्रहर ६ गाउं कमिटिमा नया नेतृत्व
बुटवल,असोज २० - नेकपा एमाले मक्रहर गाउं कमिटि अन्र्तगत वडा नम्बर ६ मा नंया नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न वडा अधिवेशनले आत्मराम भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कमिटि गठन गरेको हो । जसको उपाध्यक्षमा टौ बहादुर गुरुङ, सचिवमा घननाथ शर्मा पौडेल, सहसचिवमा राधा शाही रहेका छन ।
त्यस्तै सदस्यहरुमा फुलमाया चौधरी, इके बहादुर गौतम, राजु पुन, रुपकली दर्लामी, राम बहादुर मल्ल, राम बहादुर गुरुङ र बिद्या चौधरी रहेका छन । कार्यक्रम ज्ञामनाथ चापागाईको अध्यक्षता र गाउं कमिटि अध्यक्ष यज्ञश्वर क्षेत्रीको प्रमुख आतिथ्यमा भएको थियो । सो अवसरमा गाउं कमिटि उपाध्यक्ष टेक सिहं थापा, मुक्ति नारायण चौधरी, ज्ञान प्रसाद नेपाल लगायतले बोलेका थिए । कार्यक्रमको संचालन घननाथ शर्मा पौडेलले गरेका थिएका थिए ।
