संजिवनी छात्रा ममता पूर्वाञ्चल विश्व विद्यालय पदकबाट सम्मानित
बुटवल, असोज २२ । (मेसस) पूर्वाञ्चल विश्व विद्यालयको छैठौं दीक्षान्त समारोहमा पूर्वाञ्चल विश्व विद्यालय पदकबाट सम्मानित बुटवलस्थित संजिवनी कलेज अफ मेडिकल साइन्सेजका छात्रा ममता खड्कालाई उनी अध्ययन गरेको संजिवनी कलेजले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । जिल्ला शिक्षा अधिकारी झुमप्रसाद राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल प्रथम छात्रालाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गरी सम्मान गरिएको हो ।
कार्यक्रम कलेजका प्रबन्ध निर्देशक होमराज बस्यालको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत दिपक रोकाको सञ्चालनमा भएको थियो । कार्यक्रममा रुपन्देहीमा रहेका टेक्निकल कलेजहरुको प्रतिनिधित्व गर्दै लिट्स कलेजका प्र.नि बसन्त खनालले सम्मानित विद्यार्थीले संजिवनी कलेजको मात्र नभएर जिल्लाकै गौरव बढाएको बताए ।
उनलाई विश्व विद्यालय सर्वाेत्कृट पदकबाट असोज १० गते विराटनगरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले सम्मानित गरेका थिए ।
