महिलालाई सुनचाँदी पेशामा आबद्ध गराउन अभियान शुरु
बुटवल,२२ असोज । नेपाल सुनचाँदी ब्यवसायि संघ बुटवल शाखाले महिलालाई सुनचाँदी पेशामा आबद्ध गराउन अभियान शुरु गर्ने भएको छ । बुटवल शाखाको आज (सोमबार) बुटवलमा बसेको बैठकले सुनचादी पेशामा महिलाको सहभागिता बढाउन अभियान शुरु गर्ने निर्णय गरिएको हो । सिप सिकौं आत्म निर्भर बनौं भन्ने नाराका साथमा दलित महिलाई लक्षित गरि दशैंपछि सुनचादीका गहना बनाउने तालिम संचालन गरिने बुटवल शाखाका अध्यक्ष दीपक विश्वकर्माले बताउनुभयो । उहाका अनुसार महिलालाई सुनचादीको गहना बनाउन सिकाउन कार्यसमितिनै गठन गरिएको छ । अधिवक्ता दीपा सुनारको संयोजकत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
यसैगरि सदस्यहरुमा दलित महिला संघ रुपन्देहीका मनु खड्का,विश्वकर्मा महिला समाजका बुटवलका अध्यक्ष बुटवलका अध्यक्ष शारदा विक,संचारकर्मी सावी विक,अनेमसंघ रुपन्देहीका माया बराल सदस्यमा हुनुहुन्छ । सुनचादी ब्यवसायमा महिलाको सहभागिता शुन्य भएको भन्दै बुटवलमा गहना बनाउन सिकाउने तालिम संचालन गर्न लागिएको हो । दशैंपछि १० जना दलित महिलालाई गहना बनाउने तालिम संचालन गरिने बुटवल शाखाले जनाएको छ । बैठकमा सुनचादी ब्यवसायि संघ बुटवलका निर्वतमान अध्यक्ष जोगलाल विश्वकर्मा,उपाध्यक्ष तेज प्रसाद विक,भुवनेश्वरी टोल विकास समितिका अध्यक्ष अनिता विक लगायतले बाल्दै सुनचादी ब्यवसायमा महिलाको प्रवेश जरुरी रहेकोमा जोड दिनुभएको थियो ।
