|

विदाई एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


मुक्तिप्रसाद न्यौपाने,असोज २९, पाल्पा -तानसेन बहुमुखी क्याम्पस पाल्पाले प्राध्यापक ईश्वरी प्रसाद आचार्य र सहलेखापाल मुक्तिप्रसाद न्यौपानेलाई एक कार्यक्रमका बिच विदाई गरेको छ ।

कार्यक्रममा बोल्दै संस्थाका संरक्षक डा. रामप्रसाद ज्ञवालीले गुमेको वस्तुको महत्व बढी हुने बताउादै शैक्षिक क्षेत्रमा तानसेन बहममुखी क्याम्पसले देश तथा विदेशमा नाम स्थापित गर्न सफल भएको बताउनुभयो । उहााले भौतिक रुपमा औपचारिक रुपमा विदाई भएर गएको हुनाले क्याम्पसमा सदैव उहााहरुको उपस्थिति रहिरहने बताउनुभयो । कार्यक्रममा संस्थापक सदस्य शालिकराम ज्ञवाली, प्राध्यापक संघका अध्यक्ष सच्चितानन्द पाठक, प्राध्यापक डा. नेत्रप्रसाद न्यौपानेले विदाई भएर जानलाग्नु भएका प्राध्यापक एवं कर्मचारीले संस्थामा रहादासम्म उहााहरुले पुर्‍याएको योगदानको कदर समेत गर्नुभएको थियो ।

क्याम्पस प्रमुख राधेश्याम ज्ञवालीले विदाई आाफैमा दु:खद भएपनि विजयादशमीले आगामी दिनका कार्यहरुमा सौहार्द वातावरण सिर्जना गर्ने बताउनुभयो । सोही अवसरमा बोल्दै विदाइ भएर जान लाग्नुभएका आचार्य र न्यौपानेले क्याम्पसबाट आफुले ठूलो पाठ सिकेको र यसलाई व्यवहारमा अन्यत्र पनि लागु गर्ने बताउनुभयो ।

कार्यक्रममा नकिकिंदै गरेको विजयादशमी तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान समेत भएको थियो । कार्यक्रम पुष्करराज रेग्मीको सञ्चालन र राधेश्याम ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Posted by Butwalonline on 8:25 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विदाई एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न"

Leave a reply