|

छोराले विदेशबाट पठाएको दसैं खर्च जुवामा हारेपछि आत्महत्या

नुवाकोट कात्तिक १० - दसैंको लागि छोराले पठाएको खर्च जुवातास र जाँड रक्सीमा सकिएपछि नुवाकोट जिल्ला कल्याणपुर गाउँ विकास समितिका एक वृद्धले आत्महत्या गरेका छन् ।

जेठो छोराले मलेसियाबाट पठाएको ९० हजार रुपैयाँ तास खेल्दा र रक्सी खाँदा सकिएपछि कल्याणपुरका विष्णुबहादुर खड्काले आत्महत्या गरेका हुन् ।

कार्तिक १ गते घरबाट हराएका उनले सामरी दोभानबाट खोलामा हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । खड्काको शव हिजोमात्र भेटिएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा छोराले पठाएको पैसा मासिएको पिरलोमा खड्काले आत्महत्या गरेको खुल्न आएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
स्रोत :ऑनलाइन खबर

Posted by Butwalonline on 9:06 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "छोराले विदेशबाट पठाएको दसैं खर्च जुवामा हारेपछि आत्महत्या "

Leave a reply