|

राष्ट्रिय क्रीकेट टोलीको सम्मानमा प्रबासी नेपाली संघ युएइ द्वारा रात्री भोजको कार्यक्रम सम्पन्न

उत्तम अधिकारी ( दुबइ - युएइ )२० असोज २०६९ ,एसिसी ट्रफी एलिट क्रीकेट प्रतियोगिता खेल्न युएइमा रहेको नेपाली राष्ट्रिय क्रीकेट टोलीलाई प्रवासी नेपाली संघ युएइले एक रात्रिभोजको आयोजना गरि नेपाली क्रीकेट क्षेत्रमा  पुर्याएको योगदानको कदर् गर्दै सिंगो क्रीकेट टोलीलाई सम्मान गरेको छ । दुबइको जोनराड होटेलमा आयोजित " राष्ट्रिय क्रीकेट खेलाडी सम्मान कार्यक्रम् "मा संघका  अध्यक्ष यमलाल शर्मा पंगेनीले क्रीकेट टोलीका खेलाडी , टीम मेनेजर , प्रशिक्षक लगायत सम्पुर्णलाई  नेपाली ढाका टोपी लगाइदिएर सम्मान गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि युएइका लागि नेपाली राजदुत धनन्जय झा ले प्रवासी नेपाली संघ युएइको तर्फ बाट प्रशंसा पत्र प्रदान गर्नु भएको थियो । त्यसैगरी संघका सचिब श्याम पाठकले प्रत्येक खेलाडीहरूलाई  बधाई ज्ञापन गर्दै प्रोत्साहित गर्नु भएको थियो ।

कार्यक्रममा संघका तर्फ बाट प्रमुख अतिथि , सम्पुर्ण खेलाडी , प्रशिक्षक , टीम मेनेजर , उपस्थित संघ सँस्थाका प्रतिनिधिहरू तथा उपस्थित सम्पुर्ण महानुभावहरूलाई स्वागत गर्दै केन्द्रिय सदस्य उत्तम अधिकारीले खेलको माध्यम द्वारा नै नेपाल र नेपालीको नाम विश्वसामु फैलिदै गएको र नेपाली क्रीकेटको बिकाश र सम्बर्द्धनको लागि सबै पक्ष लागि पर्नु पर्ने भन्दै आगामी दिनमा क्रीकेट टीमको अझ सफलताको कामना गर्नु भयो । क्रीकेट टीमको युएइ बसाइ सुखद  रहोस् र आफ्ना सम्पुर्ण खेलहरुमा उच्च प्रदर्शन सहित बिजय हासिल गर्दै नेपाल र नेपालीको पहिचानलाई अझ नजिक बाट विश्वसामु चिनाउन सफल रहनुहोस् भन्दै संघका अर्का केन्द्रिय सदस्य श्याम कंडेलले शुभकामना ब्यक्त गर्नु भयो ।


प्रमुख अतिथि महामहिम राजदुत धनन्जय झा ले नेपालको राष्ट्रिय क्रीकेट टोली युएइ आउँदा नेपाल सरकारको सम्बन्धित निकाय बाट दुतावासलाई जानकारि नगराइएकोमा दु:ख ब्यक्त गर्दै श्रोत र साधनको अभाब भए पनि दुतावासले आफूले सक्ने सम्मको सहयोग आबस्यक  सबैमा जारी राख्ने प्रतिबद्धता जनाउनु भयो ।  कार्यक्रममा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइका अध्यक्ष चन्द्र बहादुर रोकाहा , संघकै अन्तरराष्ट्रिय समन्वय परिषद सदस्य चुडामणी ढकाल , मध्यपुर्ब सह सम्योजक लोकनाथ सुबेदी तथा लुम्बिनी वेल्फेयर सोसाइटी युएइका अध्यक्ष डी  यल शर्माले नेपाली क्रीकेट टोलीको प्रदर्शनीले आफूहरू लगायत सम्पुर्ण नेपालीहरू गौरवान्वित भएको र एसिसी ट्रफी एलिट प्रतियोगिताको गत बुधवार भएको खेलमा आयोजक राष्ट्र युएइलाई पराजित गरेकोमा फाइनल जिते सरहको खुशी प्राप्त भएको उल्लेख गर्दै राज्यले क्रीकेट लगायत खेल क्षेत्रलाई उचित सम्रक्षण प्रदान गर्न तथा खेलकुदको बिकाशका लागि पर्याप्त लगानी गर्न नसकेको तथ्य उजागर गर्दै आगामी दिनमा यस बिषयमा गम्भीर हुनु पर्नेमा जोड दिनु भएको थियो ।
   
कार्यक्रमका सभापति तथा प्रवासी नेपाली संघ युएइका अध्यक्ष यमलाल शर्मा पंगेनीले राष्ट्रिय क्रीकेट टोलीलाई सम्मान गर्न पाएकोमा खुशी ब्यक्त गर्दै युएइमा जारी प्रतियोगितामा नेपाली क्रीकेट टोलीले उच्च प्रदर्शन गर्दै नेपालको शान राख्नेमा विश्वाश ब्यक्त गर्नु भयो । आगामी दिनहरुमा आफूले खेल्ने सम्पुर्ण खेलमा सफलता मिलोस भन्ने शुभकामना सहित खेलाडी हरूको युएइ बसाइ सुखद रहोस् र प्रवासी नेपाली संघ युएइको सीको गर्दै यहा कार्यरत अन्य संघ संस्थाहरूले पनि समग्र नेपाली खेलकुद जगतलाई सम्मानित दृष्‍टिले हेर्न सक्नु पर्ने धारणा ब्यक्त गर्नु भयो । कार्यक्रमको अन्त्यमा खेलाडीहरूको सम्मानमा रात्री भोजको बयबस्था गरिएको थियो । कार्यक्रमका सहभागीहरूले राष्ट्रिय खेलाडीहरू संगै बसेर खाना खान पाउँदा र आपसमा भलाकुसारी गर्न पाउँदा निकै खुशी लागेको बताए ।

राष्ट्रिय क्रीकेट टोलीले अघिल्लो महिना मलेशियामा सम्पन्न आइसिसी क्रीकेट लिग डिभिजन ४ को उपाधी जित्दै डिभिजन ३ मा उक्लिएको थियो । नेपालले गत बुधवार शारजाहको क्रीकेट स्टेडियममा एसिसी ट्रफी एलिट प्रतियोगिताको  आयोजक रास्ट्र युएइलाई ४ विकेटले पराजित गर्दै आफ्नो अन्तरराष्ट्रिय खेलमा निरन्तर् नवौ जित दर्ता गराएको छ । नेपालले आफ्नो अर्को खेलमा आजै शारजाहको अल धाइद क्रीकेट स्टेडियममा कुवेतको सामना गर्दैछ ।









Posted by Butwalonline on 7:31 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राष्ट्रिय क्रीकेट टोलीको सम्मानमा प्रबासी नेपाली संघ युएइ द्वारा रात्री भोजको कार्यक्रम सम्पन्न "

Leave a reply