|

नेपालद्वारा हङकङसामु २२६ रनको चुनौती पेस


काठमाडौं, असोज २३ - एसिसी ट्रफी इलिटको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसामु २२६ रनको चुनौती पेस गरेको छ। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै २२५ रन बनायो। कप्तान पारस खड्काले ५४ बलमा ६ चौका २ छक्का हान्दै सर्वाधिक ६१ रन बनाए। सेमिफाइनल प्रवेशका लागि नेपालले हङकङलाई पराजित गर्नैपर्ने हुन्छ। हङकङको स्थिति पनि त्यही छ।

दुवैले तीनमध्येका दुई खेल जितेका छन्। युएई तीन खेल जितेर सेमिफाइनलमा सुरक्षित भइसकेको छ। युएईलाई पहिलो खेलमा ४ विकेटले पराजित गरी सनसनी मच्चाएको नेपालले कुवेतसँग ४ विकेटको स्तब्ध पराजय बेहोर्‍यो। आइतबार साउदी अरेबियालाई ९ विकेटले पराजित गरेपछि नेपालले सेमिफाइनल प्रवेशको सम्भावना ब्युँत्याएको थियो।
स्रोत :नागरिक 

Posted by Butwalonline on 1:32 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपालद्वारा हङकङसामु २२६ रनको चुनौती पेस"

Leave a reply