दशै तिहार नजिकिंदै जादा प्रहरीले सक्रीयता बढायो
कृष्ण आचार्य, सुर्खेत कार्तीक २-दसैं तिहार जस्ता चाडपर्व नजिकिंदै गर्दा जिल्ल प्रहरी कार्यालय सुर्खेतले शान्ती सुरक्षा र खाद्य अनुगमनमा तिब्रता दिन थालेको छ ।
सदरमुकाम तथा ग्रामीण भेगमा समेत दैनिक गस्ती, अनुगमन र निगरानी बढाएको प्रहरी सहायक निरीक्षक श्यामराज अर्याल बताउनुभयो । अनुगमनको क्रममा प्रहरीले अवैध घरेलु मदिरा, मदिराजन्य अन्य वस्तुहरु र मदीरा बनाउन प्रयोग हुने भाडाहरुसमेत बरामद गर्न थालेको हो ।
प्रहरीले दैनिकजसो घरेलु मदिरा बरामद गरी नष्ट गर्न थालेको छ । त्यस्तै मदिरा बनाउन प्रयोग हुने मर्चा तथा अन्य केही सामग्री पनि बरामद गरी नष्ट गरेको अर्याल बताउनुभयो । प्रहरीले मदिरा खाएर होहल्ला गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्ने समेत गरेको छ । मदिराका कारण घटनामा बृदी भएको पाएपछि चाडपर्वमा कुनै पनि अप्रीय घटना नहोस् भन्ने उद्देश्यसाथ प्रहरी सक्रीयता बढेको हो । बजार क्षेत्रमा बाक्लो गस्ती बढाएर कुनै पनि घटना हुन नदिने लक्षसमेत प्रहरीले राखेको सिवाकोटीले बताउनुभयो । बैंकिङ क्षेत्रको सुरक्षाको लागि समेत प्रहरी टोली खटाइसकीएको समेत अर्यालले जानकारी दिनुभयो ।