|

२५ वर्षीया युवतीद्वारा आफ्नो सुत्ने कोठामा झुन्डिएर आत्‍महत्या


विराटनगर, कात्तिक २- विराटनगर उपमहानगरपालिका- ६ स्थित शिव मन्दिर पछाडि स्थानीय बासिन्दा २५ वर्षीया विमला राउतले आज बिहान झुन्डिएर आत्महत्या गरेकी छिन्। उनले आफ्नो सुत्ने कोठामा घाँटीमा पासो लगाई झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

अविवाहित राउतले के कति कारणले आत्महत्या गरेको त्यसको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस स्रोत :नागरिक न्यूज

Posted by Butwalonline on 6:21 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "२५ वर्षीया युवतीद्वारा आफ्नो सुत्ने कोठामा झुन्डिएर आत्‍महत्या"

Leave a reply