ढाई करोडको लागतका बनेको कागागार बर्ष बित्दा पनि संचालनमा आएन
किरणमान बज्राचार्य,कपिलवस्तु, २१ असोज-कपिलवस्तुका नयाा कारागार निर्माण भए पनि कैदी बन्दीलाई स्थानान्तरण गरिएको छैन । दुई चरणमा निर्माण भएको कारागार भौगोलक बनावट र सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएकोले कागागार प्रशासनले उनीहरुलाई त्यहा राख्न स्विकृति नदिएको हो ।
पााच बर्ष लगाएर बनाईएको भवन सुरक्षाको हिसाबले निकै कमजोर भएकोले स्थानान्तरणमा समस्या आएको नायब प्रहरी उपरिक्षक बसन्त राणाले बताए । प्रथम चरण अन्र्तगत गत जेठ २०६६ मा २ बर्ष लगाएर महिला तथा राजनीतक बन्दीका लागि कुल ८७ लाखको लागतमा कारागारमा भवन बनाईएको थियो । शान्ति तथा पुर्न निर्माण मन्त्रालयबाट पुर्न निर्माण भएको महिला तथा राजनीतक बन्दी भवनका ेप्रारम्भिक लगत स्टीमेट केन्द्र मै बसेर बनाउदा यस्तो समस्या आएको शान्ति समितिका जिल्ला संयोजक राजेश सिंहले बताए । उनले भवन निर्मण गर्दा सुरक्षा पर्खाल, कजोर झ्याल, पर्खालको उचाई कम लगायतका सुरक्षाको दृष्टिले कमजोर भएको बताए ।
यस्तै दास्रो चरणको काम २०६९ असारमा दुई बर्षमा कुल एक करोड ३९ लाखको लागतका भएको थियो । जस अन्र्तगत चार वटा सेन्ट्री पोष्ट, एक ब्यारेक ब्लक, एक किचेन, स्टाफ क्वाटर तथा सुरक्षा पर्खालको उचाई बढाईएको थियो । तर बाल निर्माण मै समस्या र बिवाद आए पछि केही दिन काम समेत अबरुद्ध बनेको थियो । जिल्ला प्रहरी कार्यालयले सेकुरुटी राम्रो भए मात्र संचालन हुने अडान राखे पछि भनवन तथा शहरी विकास कार्यालय समस्यामा परेको थियो । भवनको नक्सा ईफ्रमेटिभव एण्ड सलुसनले जिाईन गरी शहरी विकास तथा भवन निर्माण बिभागले स्विृकिृत गरी भवन बनाईएको बताईएको छ ।
भवन निर्माण भए पनि प्राविधिक त्रुटी भएकाले प्रयोगमा आउन नसक्ने निश्चित भएपछि अहिले सो भवन नाम मात्रको भएको छ । अप्सना निर्माण सेवा भैरहवा र अर्घाखाँची निर्माण सेवाले दुई चरणमा निर्माण गरेको उक्त कारागार सुरक्षाको दृष्टिले प्रयोगमा नै आउन नसक्ने भएको कारगार प्रमुख बिष्णु भट्टराई बताए ।उनले झ्याल ढोकामा मजवुत फलामे डण्डी प्रयोग हुनुपर्नेमा हल्का ग्रील प्रयोग भएको, च्यानल गेटको निर्माण पनि सुरक्षा मापदण्डका हिसाबले नबनेको बताए । भवन र कम्पाउण्डवाल बीचको दुरी अति नजिक भएकाले कैदीहरु सहजै भाग्न सक्ने अवस्था रहेको र कोठाहरुको भूइमा ढलान गर्दा छडको प्रयोग हुनुपर्नेमा त्यो पनि नभएको उनले स्पष्ट पारे । सुरक्षा पहरा दिने सेन्ट्री कक्ष र प्रहरी सुरक्षा क्याम्प आमने सामने हुनुपर्नेमा विपरित दिशामा निर्माण हुनु,नव निर्मित भवन भित्रै कैदीका लागि शौचालयको उचित ब्यवस्था नहुनु जस्ता बिभिन्न कारणले नयाँ भवन प्रयोगमा आउन नसक्ने उनले दोहोर्याए । कारगारको सुरक्षा प्रमुख प्रहरी नायव निरिक्षक नारायण बहादुर कुवरले वि सं २०९५ सालमा बनेको पुरानो भवन अहिले जति जीर्ण अवस्थामा छ त्यति पनि नयाँ भवन सुरक्षित नभएको दावि गरे । निर्माणमा सुरक्षा मापदण्ड बमोजिम गम्भिर त्रुटी हुनुका साथै बनेको नयाँ कारगारमा ६० जना कैदीको मात्र क्षमता रहेको र कपिलवस्तु कारगारमा २ सय भन्दा कम कैदी प्राय नहुने भएकाले नयाँ भवन निर्माणको औचित्य पुष्टि हुन नसकेको उनले उल्लेख गरे । अहिले पनि महिला बन्दी राख्ने ठाउ नभएकाले महिला बन्दीलाई पाल्पा कारागार पठाइने गरिएको छ ।
पटक–पटक कैदी बन्दी भाग्ने घटना भएको कारागारमा कारगार प्रशासनले उक्त भवन हस्तान्तरण गरेर लिन नसक्ने बताएको छ । कारागार ब्यवस्थापनको प्रमुख प्रमुख जिल्ला अधिकारी रहने गरेको र अख्तियारको स्थानीय निकाय पनि जिल्ला प्रशासन भएकाले भवन निर्माणमा भएको गंभिर लापरवाही बारे प्रजिअलाई जानकारी गराईको थियो । निर्माता कम्पनि अर्घाखाँची निर्माणसेवाका मेनेजर रामु पाण्डेले शहरी आवास तथा भवन डिभिजन कार्यलय भैरहवाले उपलब्ध गराएको नक्साका आधारमा दुई चरणमा निर्माण पुरा भएको बताए । कारागार भवनको प्रबेश र निकासद्वारसँगै प्रहरी सुरक्षा क्याम्प निर्माण हुनुपर्नेमा विपरित दिशामा निर्माण भएको उनले स्वीकारे ।
| फोटो बिवरण: नव निर्मित कपिलवस्तु कारागार भवन । तस्बिर : किरणमान बज्राचार्य |
नयाा भवन संचालनमा समस्या आए पछि तत्कालीन प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खााको अध्यक्षता तथा शहरी विकास तथा भवन डिविजन कार्यालयको प्रमुख, सुरक्षा निकायका प्रमुख र बिभागबाट आएको टोली सहीत बैठक बसी गत भदौ ५ गते भवनमा सुधार गर्नु पर्ने निर्णय गरेको थियो । झ्याल र ढोका बलियो बनाई, एउटा सन्ट्री पोष्ट थप्न तथा आर.सि।सि. गर्नका लागि बैठकमा शान्ति तथा पुर्न निर्माण मन्त्रालयमा सिफारिस गरी पठाउन समे बैठकले निर्णय गरेको थियो । ८० जना क्षमता रहेका पुरनो कारागारमा हाल दुई सय बढी कैदी बन्दी रहेका छन् ।
