|

दशैपछि कांग्रेस नेतृत्वमा सहमतीय सरकार - चिरन्जीवी जोशी

बुटवल , असोज २१ - एकीकृत नेकपा माओबादीले आफनै नेतृत्वकालमा संबिधानसभाको निर्बाचन गराउने अभिब्यक्ति दिईरहेको बेला पूर्बमन्त्री दुर्योधनसिंह चौधरीले बिगतमा पंचेहरु आफनै अन्र्तद्वन्द बाट समाप्त भए झै माओबादीहरु एकआपसमा लडेर समाप्त हने बताउनु भएको छ ।उहाले सो कुरा रुपन्देहीको धकधईमा आयोजित तरुणभेलालाई सम्बोद्धन गर्दै बताउनु भएको हो ।

पूर्बमन्त्री चौधरीले माओबादी नेताहरु खालीखुट्टा सत्तामा गई कमाएको अटूट सम्पत्तीको भाग नपाएको कार्यकर्ता तथा सेनाले एकअर्कालाई बन्दुकले सिद्धयाउने दाबी गर्नु भयो ।

कार्यक्रमका अर्का बक्ता तरुणदलका केन्द्रियसदस्य चिरन्जीवी जोशीले दशैपछिको आन्दोलनमा तरुणदलले बाबूराम नेतृत्व सरकारलाई ढालेर कांग्रेस नेतृत्वमा सहमतीय सरकार मार्फत शान्ति र संधिान निर्माण तिर अघि बढने बताउनु भयो ।

सो अवसरमा नेका जिल्लासदस्य अकबाल खा, तरुणदल जिल्लाउपसभापति भरतकेसी, नेकाजिल्लासचिव हीराबहादुर केसी,नेका क्षेत्रीय कोषाध्यक्ष बैजनाथ सहानी  लगायतले बोल्नुभएको थियो । भेलाले जीतबहादुर मौर्यको सभापतित्वमा १९ सदस्सीय धकधइ बूथसमिती समेत गठन गरेको छ ।


Posted by Butwalonline on 5:46 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दशैपछि कांग्रेस नेतृत्वमा सहमतीय सरकार - चिरन्जीवी जोशी"

Leave a reply