समाजको कल्याणकारी कोष स्थापनाका लागि क्षत्री समाजले महायज्ञ गर्ने
बुटवल,रास असोज २१ - क्षत्री समाज नेपाल जिल्ला शाखा रुपन्देहीले बुटवलमा महायज्ञ गर्ने भएको छ । समाजको कल्याणकारी कोष स्थापनाका लागि आगामी पुसको २० गतेबाट बुटवलमा महायज्ञ संचालन गर्ने समाजका जिल्ल अध्यक्ष लेख बहादुर कार्कीले बताए । उनले महायज्ञमा मुलुककै ख्याती प्रप्त पण्डित दिनबन्धु पोखरेलले कथा बाचन गर्ने जानकारी दिए ।
महायज्ञ संचालनका लागि समाजका अगुवाहरुको भेलाले अध्यक्ष कार्कीको संयोजकत्वमा एक हजार ५१ सदस्य यज्ञ सम्पादन मुल समिति गठन गरेको छ ।
महायज्ञ संचालनका लागि बिभिन्न उपसमितिहरु समेत गठन भैरहेको समाजका सचिव लिला बहादुर क्षत्रीले बताए । यसैविच क्षत्री समाज क्षेत्र नम्मर २ को क्षत्रिय भेला तथा अबिधेशन सम्पन्न भएको छ । अबिधेशनले राम बहादुर कार्कीको अध्यक्षतामा १५ सदस्यिय कार्य समिति चयन गरेको छ ।जसको उपाध्यक्ष रण बहादुर थापा,सचिवमा शंकर खत्री,कोषाध्यक्षमा होम बहादुर थापा र सहसचिवमा बिन्दु थापा रहेका छन् ।
सिदार्थ नगरका अध्यक्ष सोभित थापाको अध्यक्षतामा भएको अबिधेशन उद्घाटनका क्रममा समाजका जिल्ला अध्यक्ष लेख बहादुर कार्की,महिला केन्द्रिइ सदस्इ जानकी जिसी,अञ्चल सचिव खिम वहादुर जिसी,जिल्ला सचिव लिला बहादुर क्षत्री,शिव अधिकारी,हरि थापा,अनिता अधिकारी लगायतले बोलेका थिए ।
यसैविच प्रदिप प्रताप राणाको अध्यक्षतामा क्षत्री समाज सिदार्थनगर युवा समिति गठन भएको छ ।
