सेता छडी दृष्टिविहिनहरुको आवाजको मुल कडी नाराका साथ विश्व सेतो छडी सुरक्षा दिवस संपन्न
सेता छडी दृष्टिविहिनहरुको आवाजको मुल कडी भन्ने मुल नाराका साथ ४८ औ विश्व सेतो छडी सुरक्षा दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरु तथा दृष्टिविहिनहरुको लागि बिशेष सुरक्षा तथा कार्यक्रमहरु लागु गरेको भए पनि उक्त कार्यक्रमहरु काजगमा मात्रै सिमिति भएको बताएका हुन ।
कार्यक्रमम रुपन्देही नेत्रहीन संघका अध्यक्ष आत्मराम पौडेलले ले खासगरी सार्वजानिक यातायातका साधनहरुमा यात्रा गर्दा होस् या कुनै पनि सार्वजानिक स्थानहरुमा दुरव्यवहार हुनुका साथै तोकिएको सेवा सुविधा समेत नपाएको गुनासो गरे । कार्यक्रममा प्रमुख अतिथी ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विकास थापाले अपाङ्गताभएका व्यक्तिहरुको लागि ईलाका प्रहरी कार्यालयमा छुट्टै डेक्स स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले अपाङ्गता भएका व्यक्तिहरुको लागि सेवा प्रवाहमा कठिनाई उत्पन्न भएको भन्दै यसको लागि छुुटै डेक्स स्थापना गर्ने बताएका हुन ।
रुपन्देही नेत्रहीन संघका सचिव कृष्ण जीशीको सञ्चालनमा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला सचिव खिमलाल भट्राई, अनेरास्वयु सचिवालय सदस्य बाबुराम पन्थी, नेत्रहीन पुर्नस्थापना कार्यक्रम कोडिनेट प्रेम मर्हजन, अपाङ्गता जिल्ला संमन्वय समितिका संयोजक हुमनाथ अधिकारी, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल क्षेत्रीय सचिव कल्पना ढकाल, दृष्टिविहिन क्रिकेट संघका केन्द्रीय सदस्य विमल भट्राई ले आ आफ्नो मन्तव्य राखेका थिए ।
त्यस्तै नेकपा (माओवादी जिल्ला सहईन्चार्ज नेत्रनारायण शर्मा, पश्चिमाञ्चल बहिरा तथा सुस्त श्रवण संघका अध्यक्ष पिताम्बर लम्साल, सुस्त मनस्थिती अभिभावक संघका लुम्बिनी अञ्चल सदस्य ईन्द्र प्रसाद भट्राई, पश्चिमाञ्चल अपाङ्ग पुर्नस्थापना केन्द्रका अध्यक्ष नेत्रलाल राना, नेपाल नेत्रहिन सेवा केन्द्रका अध्यक्ष यम बहादुर विक, राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल कार्यक्रम संयोजक अर्जुन तामाङ्ग लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य कुन्ती पौडेलले राखेकी थिइन भने मनोज पंगेनीले कार्यक्रममाथि प्रकाश पारेका थिए ।

