नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको साधारणसभा बुटवलमा संपन्न
लक्ष्मण पोखरेल,बुटवल, २९ असोज । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शिव गाउलेले नेपाली पत्रकारितालाई विभिन्न क्षेत्रबाट अंकुश लगाउने काम भएको टिप्पणी गरेका छन् ।
प्रेस स्वतन्त्रता र लोकतन्त्रका चर्का कुरा गर्ने दलहरुबाटै पत्रकारमाथि बारम्बार आक्रमण हुनु यसको उदारहण भएको उहाको भनाई छ । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको सोमबार बुटवलमा भएको साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष गाउलेले यस्तो बताएका हुन ।
सरकारले समेत नेपाली प्रेस स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको बताउदै न्यालय र प्रेस काउन्सील बाहेक अन्यले पत्रकारमाथि औला ठ्याउन नमिल्ने बताए । जबसम्म प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुदैन तबससम्म नागकिरले लोकतन्त्र र गणतन्त्रको अनुभुती गर्न नसक्ने बताए । पत्रकारमाथि आक्रमण लोकतन्त्रमाथिकै आक्रमण भएको भन्दै उनले भने (ुलोकतन्त्रको शाब्दिक आडम्बरले केहि हुदैन ।’देशभरका ८ हजार बढि पत्रकारहरुमध्ये ६० प्रतिशतले नियुक्ति पत्र नपाएको,त्यसकै हाराहारीमा न्यूनतम पारिश्रमिक नापाएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाक, एकिकृत माओवादीका सल्लाहकार रामचन्द्र भट्टराई, एमालेका जिल्ला उपसचिव भूमिलाल सापकोटा, नेकपा(माओवादीका रुपन्देही ईन्चार्ज बसन्त श्रेष्ठ, बुटवल नगरपालिकाका कार्यकारी अधिकृत खिमबहादुर रायमाझी, पत्रकार महासंघ रुपन्देहीका पूर्व सभापति हरि लम्साल, अग्रज पत्रकार कर्णबहादुर कार्की, अर्जुन ज्ञवाली, लेखक दिल साहनी, पूर्व अध्यक्ष डिआर घिमिरे, प्रकाश स्मृती पत्रकारीता पुरस्कारबाट सम्मानित पत्रकार डायलसन अधिकारी,
रुपन्देही उद्योग संघका अध्यक्ष तेजकुमार पाठक, पश्चिम नेपाल बस व्यबसायी संघका वरिष्ठ उपाध्यक्ष गणेशबहादुर भट्टराई, रुपन्देही व्यापार संघका अध्यक्ष टंक पोखरेल, भलाई कोषका नारायण भट्टराई, बुटवल अटो ईञ्जिनीयरिड्ड एसोसियसनका अध्यक्ष ज्योति भण्डारी, होटल तथा रेष्टुरेण्ट व्यबसायी संघका देवीकुमार श्रेष्ठ, पुस्तक तथा स्टेसनरी व्यबसायी संघका हेमानन्द शर्मा, नेपाल प्रेस युनीयनका सभापति भवानीप्रसाद पाण्डे, चौतारीका अध्यक्ष प्रदिप आचार्य, क्रान्तिकारी पत्रकार संघका सचिव ओम पंगेनी, आदिवासी जनजाती पत्रकार संघका अध्यक्ष भिम गुरुड्ड लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
महासंघ रुपन्देही शाखाका अध्यक्ष दिपक ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष रामराज पोखरेलको स्वागत तथा सचिव यानेन्द्र जिसीको सञ्चालनमा भएको थियो ।
