|

जातीय भेद-भाव हटाउन देवी मन्दिरमा एक जना दलित अनिबार्य पुजारी राखिने


सीता भण्डारी,असोज २९- गुल्मी क्षेत्र नम्म्वर १ को जयखानीमा त्यहााको गैर दलितहरुले यसपालिको दशैमा स्थानिय दलितहरुलाई कोटमा पुजारी राख्ने भएका छन् ।

जयखानी गाविस वडा नम्वर ६, ७, ८ र ९ को लम्साराङ्ग स्थित देवीकोट मन्दिरमा हिजो वसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो । एकिकृत नेकपा माओवादी जयखानी गाउा कमिटी अध्यक्ष ईस्वरी बिश्वकर्माले तिन वर्ष अघि आफ्नै नेतृत्वमा दलितहरु प्रवेश गरी सकेको कोटमा त्यहाका दलितहरुले पनि पुजा गर्न पाउनुपर्ने माग राखेपछि यस्तो निर्णय भएको बताउनुभयो ।

कोट ब्यवस्थापन समिति अध्यक्ष मोतीप्रसाद श्रीस, माओबादी अध्यक्ष ईस्वरी विश्वकर्मा, काग्र्ेस प्रतिनिधी खडगबहादुर थापा, एमाले जिल्ला सदस्य देउकुमार काउछा, सुवेदार अभिमानसिंह राना, दलित सचेतना एवं क्षमता अभिबृद्धि जयखानीका अध्यक्ष भोजबहादुर सुनार लगाएतका व्याक्तिहरु सहभागी बैठकले दशैमा मगर एक जना र दलित अनिबार्य एक जना पुजेरी राख्ने निर्णय गरेको हो । जयखानी ३ को भगवती मन्दिरमा पनि दलितहरु प्रवेश गरेको जानकारी प्राप्त भएकोछ ।


Posted by Butwalonline on 6:42 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जातीय भेद-भाव हटाउन देवी मन्दिरमा एक जना दलित अनिबार्य पुजारी राखिने "

Leave a reply