घटस्थापनाको दिन क्षत्री दिवश विभिन्न कार्यक्रम गरि मनाउने तयारी
बुटवल २९ असोज । क्षत्री समाजले मंगलबार (भोली) विभिन्न कार्यक्रमको अयोजना गरि क्षत्री दिवश मनाउने भएको छ । विजया दशामी अन्तरगतको घटस्थापनाको दिनमा प्रतेक बर्ष क्षत्री दिवस मनाउने समाजको केन्द्रिय कार्यक्रम अनुशार मंगलबार विभिन्न कार्यक्रमको अयोजना गरिएको क्षत्री समाज रुपन्देहीका अध्यक्ष लेख बहादुर कार्कीले जानकारी दिए ।
विभिन्न क्षेत्रमा विभिन्न ढंगले क्षत्री दिवस मनाइृने बताउदै उनले जिल्लाको मुल कार्यक्रम बुटवल ९ दिपनगरमा रहेको समाजको प्रस्तावित भवन निमार्ण स्थलमा गरिने जानकारी दिए ।
सो अवसरमा केन्द्रिय अतिथिहरुका साथै यस क्षेत्रका क्षत्री समुदायविचमा शुभकामना आदानप्रदान कार्यक्रम पनि गरिने समाजले बताएको छ । बुटवल नगर समितिको कार्यालय सुख्खानगरबाट बाजागाजासहितको ऱ्यालीले बजार परिक्रमा गरि सभामा परिणत हुने समाजका जिल्ला सचिव लिल वहादुर क्षत्रीले जानकारी दिए ।
सभास्थलमा निमार्ण गरिएको दुर्गा मन्दिर परिसरमा नवदुर्गाको पुजा आरधाना पनि मंगलबारबाट नै शुरु गरिने समाजले बताएको छ ।
समाजले यर्सवर्ष भवननिमार्ण स्थलमा मन्दिर स्थापना गरेको छ भने वहुयदेश्य भवन निमार्णका लागि आगामी पुस २० गतेदेखि बुटवल मण्डपमा महायज्ञको अयोजना गरेको छ । हिलपार्क नजिकै रहेको सो भुभागमा समाजल तारवार गरेर भवन निमार्णका लागि स्थान संरक्षण गर्ेको छ ।
