अर्घाखाची सेवा समाज दोहा कतारको इद तथा दशै मिलन समारोह भव्य रुपले सम्पन्न
भुवन केसी.कार्त्तिक ११,(दोहा,कतार) अर्घाखााची सेवा समाज दोहा कतारले हिन्दुहरुको महान चाड शुभ विजया दशमी तथा दिपावली एवं मुस्लिम दाजुभाईहरुको पवित्र चाड इदको अवसरमा आयोजना गरेको इद तथा दशै मिलन समारोह कतारको सनैया १० नं.को माउन्टेन होटलको सभाहलमा सम्पन्न भएको छ ।
रोजगारीको शिलशिलामा दोहा कतारमा रहेका अर्घाखााचीबाासीहरुको विचमा टिका जमरा र शुभकामना आदान प्रदान गदै मनाइएको उक्त कार्यक्रममा जिल्लाबासीहरुको उपस्थिति थियो । प्रमुख अतिथि जेष्ठ सदस्य गोविन्द प्रसाद आचार्यले व्यानर खोलेर तथा दिप प्रज्वलन गरि सुभारम्भ गरिएको सो कार्यक्रमको अध्यक्षता असेस.दोहा कतारका अध्यक्ष युवराज पाण्डेले गर्नुभएको थियो, स्वागत मन्तव्य राख्दै संस्थाका द्धितीय उपाध्यक्ष चिरन्जीवी भटट्राईले असत्यमाथि सत्यको जित मानिने दशै तथा भातृत्व मेलमिलापको प्रतिक मुस्लिम दाजुभाईहरुको पवित्र चाड इदलाई विदेशमा पनि यसरी घर परिवार जस्तै गरी मनाउन पाउनु गर्वको कुरा हो भन्दै उपस्थित सवैलाई शुभकामना दिनुभएको थियो । संस्थाको तर्फबाट शुभकाना मन्तव्य राख्दै सल्लाहकार रिषीराम पराजुलीले दोहामा अर्घाखााचीबासीहरुको विचमा एकता सहयोगको आदान प्रदान तथा चाडपर्वको समयमा एक आफसमा मिलेर सहयोगको भावना साटासाटद गर्ने र जिल्लाबासीको अस्तित्व र पहिचानलाई जोगाउन अर्घाखााची सेवा समाजको आवश्यकता रहेको भन्दै सम्पुर्ण जिल्लाबासीहरु सस्थामा आवद्ध हुन पर्ने कुरा बताउनु भएको थियो ।
जिल्लाबासीहरुको उपस्थिति र मंचमा राखिएको रातो अक्षता र हर्लक्क हुर्केका जमरा देख्दा तथा सगै राखिएको परिकारले निश्चित नै दशैको भान गराएको थियो । अतिथिको रुपमा शुभकामना मन्तव्य राख्दै देवराज थापा, रेम बहादुर बस्नेत, नरबहादुर के.सी. ,युवराज पोख्रेल तथा बाागी सेवा समाजका अध्यक्ष टोपलाल भुसालले जिल्लाबासीहरुको परिचय सहयोगको आदान प्रदान, कला संस्कृतिको जर्गेनाको लागि प्रवासमा अर्घाखााची सेवा समाजको अपरिहार्यता रहेको कुरामा जोड दिदै उपस्थित सवैलाई बडा दशै तथा इदको शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको वीचमा जिल्लाका धारापानीबाट दोहा कतारमा रहनुभएका विगत लामो समय देखि संगितको क्षेत्रमा लाग्नु भएका स्वरका धनी गायक बामदेव भाटले आफनो रिलिज हुदै गरेको एल्वमबाट दशैको भावनाले लिप्त भएको सांगितिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । त्यस्तै अर्घाखााची सेवा समाजको खेलकुद उपसमितिका संयोजक राजकुमार श्रेष्ठले आफ्नो छोटो मन्तव्यमा आफुहरु कतारमा खेलकुदको क्षेत्रमा वेग्लै पहिचान बनाउन अघि सरेको र हिजैमात्र एउटा प्रतियोगितामा जित हासिल गरिसकेको र आज अर्को प्रतियोगितामा पनि दोसा्रे भागमा प्रवेश गरेको जानकारी दिदै आगामी दिनमा सम्पूर्ण जिल्लाबासीले अर्घाखााची सेवा समाज अनि खेलाडी साथीहरुको मनाबल उच्च राख्न सघाउनु पर्ने बताउनुभयो ।
अतिथिहरुबाट टिका जमरा एवं अषिस ग्रहण पछिको रातो निधार र जमराले सजिएको सभाहलमा सामुहिक शुभकामना आदानप्रदानले नेपालमै भएको आभास गराएको थियो । रोजगारीको सिलशिलामा दुवईमा कार्यरत अर्घाखााचीबाासीहरुको साझा संस्था अर्घाखााची सम्र्पक मंचको तर्फबाट अध्यक्ष राजु खड्काले पठाएको शुभकामना पत्र सन्चालक भुवन केसीले पढेर सुनाउनु भएको थियो । कार्यक्रमको अध्यक्षता गर्नुभएका अध्यक्ष युवराज पाण्डेले कतारमा कार्यरत सम्पूर्ण नेपाली तथा जिल्लाबाासीहरुलाई शुभकाना व्यक्त गर्दै सस्थाले जिल्लाबासीको पहिचान, कला संस्कृतिलाई बचाउन तथा अन्य सामाजिक नैतिक कार्यमा लागि परेको र आगामी दिनमा अझै सवै जनाको सक्रिय सहयोग भएमा ठोस सामाजिक कार्यमा सजिलो हुने भन्दै अर्घाखााची डिर्भना घर भई हाल दोहा कतारमा अलपत्र अवस्थामा रहनुभएका चेतन कुवरलाई पनि आवश्यक कानुनी प्रक्रियामा गई इद पश्चात नेपाल पठाउने तयारीमा लागेको कुरा बताउदै पिडितलाई सहयोगार्थ आर्थिक सहयोग संकलन गरिएको थियो ।
