अरिङ्गालको टोकाइबाट एकै घरका दुई बालिकाको मृत्यु
गुल्मी ,कात्तिक २ - गुल्मीको हस्तिचौर गाविसमा अरिङ्गालको टोकाइबाट एकै घरका दुई बालिकाको मृत्यु भएको छ । अरिंगालको टोकाईबाट बुधबारसाँझ हस्तिचौर ७ रात्चौरका कुलबहादुर कुमालकी १० वर्षकी छोरी कृष्णा र ७ बर्षकी सजिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
उनीहरू दुवै जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको हो । त्यस्तै पाँच बर्षकी छोरी कुस्मा गम्भीर घाइते भएकी छन् । उनको उपचारको लागि मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।खर्यानमा बेलौती (अम्बा) टिप्न गएकाबेला अरिङ्गालले उनीहरुलाई टोकेको हो।
स्रोत :ऑनलाइन खबर