|

गज़ल


घर परीवार थाँति राखी बसेको
छु बिदेश
साहु अनि दलालबाट फसेको छु
बिदेश

सबैकुरा सम्झ्यो भने दुःख
पर्छ मनमा
खान नपाइ हात खुट्टा कसेको छु
बिदेश

पैसा अनि सिक्का माथि पैसा
मात्र सोच्छु
पसिनालाई बगाइ हात मुन्टा
धसेको छु बिदेश

तातिएर जमीन शिर माथि पुग्छ
माटो अनि धुलो समाइ धसेको छु
बिदेश

गाउँ घरमा केहि गर्ने सोच
गर्दा अहिले
पियारीलाई सन्ताउन पसेको छु
बिदेश

गोबिन्द राज रेग्मी ना न पा ६
दैलेख हाल यु ए इ

Posted by Butwalonline on 11:11 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गज़ल"

Leave a reply