प्रतिबन्धित भारतीय तोरीको तेल खुलेयाम बिक्रि बितरण प्रशासन मौन
किरणमान बज्राचार्य,कपिलवस्तु १७ असोज-नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डका तोरीका तेलहरु यहाा खुलेयाम बिक्रि भईरहेको छ । भारतीय बजारहरुमा कमसल खालका अखाद्य वस्तुहरुको प्रयोग गरि बनाइएको विभिन्न ब्राण्डका तेलहरु अहिले बजारमा विक्रीका लागि राखिएका छन् । तोरीका साथमा भुसी, तेल जस्तो केमिकल र सेन्टको प्रयोग गरि सस्तोमा बनाइएका तेलहरुले स्वास्थ्यलाई असर पार्ने भन्दै नेपाल सरकारले १० वर्ष अघि भारतीय तेललाई प्रतिबन्ध लगाएको छ । सरकारले आयात तथा बिक्रिमा रोक लगाए पनि भारतीय तेल यहााका ब्यापारीले निर्धक्क साथ बिक्रि गरिरहेका छन् ।
भारतको बरेली, गोरखपूर, लखनऊ, लगायतका स्थानमा बनेका बैल कोल्हु, मोहन, चक्र, ब्यालेन्स लगायततका अखाद्य तेल गााउ तथा शहरका बजारमा बिना अवरोध बेच्ने गरिएका छन् । तस्कारहरुले भारतबाट ती तेलहरु यहााका ब्यापारीलाई साईकल र मोटर साईकलबाट घर मै पुऱ्याई दिने गरेको व्यापारीहरु बताउछन् ।
आधा लिटर देखि पााच लिटर सम्म प्लाष्टिको बोतल र डिब्बामा पाईने ती तेलहरु सस्तो भएकाले ग्राहकहरु यस प्रति आकर्षित हुने गरेका छन् । धानको भुस र बिभिन्न केमिकलको मिश्रणबाट निर्मित त्यो तेल हेर्दा र सुङ्धा शुद्ध तोरीको तेल भन्दा पनि असली देखिन्छ । स्वास्थ्यलाई समेत गंभीर असर पुग्ने भन्दै सरकारले प्रतिबन्ध लगाए पनि सम्बन्धि निकायको बेवास्ताका कारण यस्को ब्यापार निकै फस्टाएको छ ।
सरकारले रिफाईन नभएका तेल तथा धानको डुठोबाट बनाईएको तेलको आयातमा रोक लगाए पनि यस बारे प्रहरी, प्रशासन, भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयले समेत यस बारे अनभिज्ञता प्रकट गर्दछन् । उनीहरुले यसको आयात तथा विक्रिी नियन्त्रणमा कुनै चासो देखाएको पाइदैन । जसका कारण नेपालमा निर्मित तेल तथा यहाा तेल उत्पादन गर्ने ब्यवसायीहरु आफूहरु मारमा परेको बताउछन् । भारतीय नक्कली तेल सस्तोमा बिक्रि भईरहेकोले यहााका तेल निकै कम मात्र बिक्रि हुने गरेको तौलिहवाका तेल ब्यवसायी अबिनास तेलीले गुनासो गर्नुभयो । ‘ भारतीय तेल संग प्रतिस्पर्धा गर्न नसकेकोले ब्यवसाय नै धरासायी हुने अवस्था आएको छ , तर यसमा रोक लगाउन कसैले चासो देखाउदैनन् । ’ तेलीले तौलिहवा बजारमा बेच्न राखिएका भारतीय तेल तर्फ ईशारा गर्दै भन्नुभयो ‘ शुद्ध तेल भए पनि महगो भएकोले माल नै कटदैन, उपभोक्ताले सस्तो माल किन्ने गरेका छन् ।
जिल्लाका ४४ भन्दा बढी स्थानमा लाग्ने साप्ताहिक हाट बजार तथा यहााका साना देखि ठूला केराना पसलमा ती तेलहरु छ्याप छ्याप्ती पाईन्छन् । प्रशासन कार्यालय कै अघि रहेका आधा दर्जन केराना पसलमा समेत ती तेलहरु बर्षो देखि बिक्रि बितरण भई रहे पनि हाल सम्म रोक लगाईएको छैन । जसले गर्दा यहााका तस्करहरुलाइै यो अबैध धन्दामा लाग्न झन प्रोत्साहन मिलेको छ ।
प्रशासकीय अधिकृत पुरन गिरीले त्यस्ता प्रतिबन्धित तेलको बिक्रि बितरणमा तत्कालै रोक लगाईने बताउनुभयो । ‘ बजारमा बिक्री गर्न राखिएका प्रतिबन्धित ब्रान्डेड तेलाई तत्कालै पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका छौ । ’ उनले भने । ‘ पहिला हटाउन अल्टीमेटम दिन्छौ अटेर गर्नेको माल जफत गरी कानून अनुसार कारबाही गर्नेछौ । ’ गुणस्तर नाप जााच बिभागमा बजारमा रहेका उपभोग्य सामाग्रीको जाचका लागि पटक पटक अनुरोध गरे पनि उनीहरुबाट प्रभावकारी अनुगमन नहुदा यस्तो समस्या आएको उनको भनाई छ ।
