|

गुल्मीमा दश वर्षे कृषि अवधारणाको वारेमा छलफल शुरु

सीता भण्डारी,गुल्मी,१७ असोृज, गुल्मी जिल्ला स्थित सम्पूर्ण राजनितिक दलहरुले आज पत्रकार सम्मेलन गरि जिल्लाको दश वर्षे कृषि अवधारणाको वारेमा छलफल शुरु गरेका छन् । नेपालमा पहिलोपटक गुल्मी जिल्लावाट राजनैतिक दल, जिल्ला विकास समित र जिल्ला कृषि विकास कार्यालयको सामुहिक पहलमा जिल्लामा दश वर्षे कृषि अवधारणा निर्माण गरेपछि उक्त कार्ययोजनाहरुको वारेमा जानकारी दिनकालागि दलहरुले  उक्त पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । सामुहिक रुपमा निर्माण गरेको दश वर्षे कृषि विकास अवधारणा अनुसार पहिलो वर्षलाई आधार वर्ष मानी उनीहरुले ११ वटा आयोजनाहरु अघि सारेका छन् ।

यस आधार वर्षमा उनीहरुले अघि सारेका ११ वटा आयोजनाहरुमा कफि विकास आयोजना,सदावहार,अदुवा वेसार,तरकारी उत्पादन,सुन्तला जात, खाद्य तथा तरकारी विउ उत्पादन, आलु र च्याउ उत्पादन लगायत रहेको वताईएको छ । उनीहरुले अघि सारेको कृषि अवधारणा अनुसार दश वर्षको कुल लगानि ४८ करोड रुपैंया लागत लाग्ने अनुमान गरिएको छ । जिल्लालाई कृषिमा आत्मनिर्भर वनाउनुका साथै विदेसियका युवा शक्तिहरुलाई स्वदेशमा फर्काउने वातावरण निर्माण गर्नका लागि समेत दश वर्षे कृषि अवधारणा प्रभावकारी हुने राजनैतिक दलहरुको दावी  गरेका छन् । जिल्लामा परम्रागत रुपमा उत्पादित कृषि उपजहरु विस्तारै विस्तारै लोप हुादै जान थालेको भन्दै यो अवधारणा लागु भएपछि परम्परागत कृषि उपजहरुको समेत जर्गेना हुने कार्यक्रममा वताईएको थियो ।

कार्यक्रममा उत्पादनलाई मात्र जोड दिनु भन्दा पनि स्थानीय स्तरमा उत्पादीत सामग्रिको प्रयोग गर्ने वानीको विकास गर्नु पर्ने सुझाव दिईएको थियो । कार्यक्रममा राजनैतिक दलहरुको तर्फवाट भरतवहादुर चन्दले उक्त अवधारणाको वारेमा प्रकाश पार्नु भएको थियो ।

उक्त पत्रकार सम्मेलनमा एकिकृत नेकपा माओवादीका राज्य समिति सदश्य वुद्धि जिसी, नेपाली कााग्रेसका उपसभापति भुवन प्रसाद श्रेष्ठ, नेकपा एमालेका अञ्चल समिति सदश्य कौशलराज पोख्रेल, नेकपा माओवादीका जिल्ला सदश्य घन वहादुर खड्का, गुल्मी, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदश्य जीवन राना, स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद पोख्रेल, जिल्ला पशु सेवा कार्यालयका प्रमुख डाक्टर हरिवहादुर कुावर, जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत मणिरत्न अर्याल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र संचारकर्मिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संचालन जिल्ला विकास समिति गुल्मीका कार्यक्रम अधिकृत शंकर प्रसाद गौतमले गर्नु भएको थियो ।


Posted by Butwalonline on 6:08 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गुल्मीमा दश वर्षे कृषि अवधारणाको वारेमा छलफल शुरु"

Leave a reply