|

असोज २२ गते माइ ब्रदर को प्रेस मीट


असोज २६ देखि रिलिज हुने चलचित्र माइ ब्रदर को प्रेस मीट  भोलि  २०६९-६-२२ गते बिहान ११ बजे युनियन हाउस अनामनगरमा गर्ने भनिएकोछ | पछिल्लो समयमा एकै किसिमका चलचित्र बनिरहेको अबस्थामा माइ ब्रदर भने फरक धार र फरक शैलीमा निर्माण गरिएको कारण पनि धेरैको पर्खाइमा रहेको चलचित्र भन्न सकिन्छ|

बिगत लामो समय पछिको अनुभब पश्चात बिष्णु भट्टराईले यस चलचित्रमा निर्देशनगरेका छन् भने २० प्रतिस्पर्धीको बीचबाट बिजेता भएका लक्की दीपकले पनि डेब्यु गरेकाछन|पारिवारिक र सस्पेन्स कथामा निर्माण गरिएको चलचित्रमा बाल मनोबिज्ञानलाई पनि समाबेश गरिएकोले बाल कलाकारको ससक्त भूमिका रहेको निर्देशक बताउछन | दर्शकको मनछुने चलचित्र बनेको कारण पनि दर्शकले चलचित्र हेरिसकेपछि राम्रो माउथ पब्लिसिटी हुनेमा निर्माण पछ ढुक्क छ | लक्की दीपकको अलावा सुमिना घिमिरे, रमेश बुढाथोकी,बिमला गिरि, अनिश कंडेल ,अन्जु थापा र बिसेष भूमिकामा जीवन लुइँटेल लाइ देख्न सकिन्छ | सरु भट्टराई, मैना भण्डारी निर्माता रहेको चलचित्रको छायांकन बिरेन्द्र भट्ट , द्वन्द अस्त महर्जन, संगीत बिपिन आचार्य र कोरियोग्राफी कविराज गहतराज रहेकाछन|

Posted by Butwalonline on 9:12 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "असोज २२ गते माइ ब्रदर को प्रेस मीट"

Leave a reply