पेनकिलरको बढी उपयोगले टाउको दुख्ने समस्या
काठमाडौ, कार्तिक ४ - पीडानाशक औषधि (पेनकिलर) नखाए पनि धर छैन, खाए पनि धर छैन । पेनकिलर चाहिँदो खाए त दुखाइ मत्थर हुन्छ तर जथाभावी मनलागी खान थालियो भनेचाहिँ यसले अर्को समस्या उत्पन्न गर्ने रहेछ । टाउको दुख्ने समस्या ।
अध्ययनअनुसार हरेक ५० जनामध्ये एक व्यक्तिमा टाउको दुख्ने समस्या देखिनुको कारण पेनकिलरको बढी उपयोग नै हो । यो खतरा ती व्यक्तिमा सबैभन्दा बढी हुन्छ, जसले नियमित रूपमा अर्थात् दिन बिराई बिराई टाउको वा जोर्नीको दुखाइ हटाउन प्यारासिटामोल, एस्पि्रन वा इब्रुफेनजस्ता पेनकिलर खाने गर्छन् । बेलायतको नेसनल इन्स्िटच्युट अफ हेल्थ एन्ड क्लिनिकल एक्सिलेन्सका अनुसार पेनकिलरको सेवन गर्नाले व्यक्तिहरूको स्वास्थ्य प्रणालीमा एउटा विषम चक्रको निर्माण हुन्छ । त्यही भएर प्रभावित व्यक्तिको टाउको निकै दुख्न थालेपछि अझ बढी औषधि लिन थाल्छन् । यसको परिणाम अझ बढी टाउको दुखाइका रूपमा देखिन्छ ।
साभार :कांतिपुर