गजल
म र मखमली
आँगनमा खतरा भो रे
गमलामा साँगुरो भो रे
भिरमा फुल्छु भन्छ मखमली
मैले हुन्न भने
बगैचामा उकुश मुकुस भो रे
बार्दलीमा अप्ठ्यारो भो रे
कुनै एकान्त नदी
तिरमा फुल्छ भन्छ मखमली
मैले हुन्न भने
बर्ष दिनमा पर्व आउँदा
संगै छैनन् आफन्त जन
दैला माथि झूंडिएको
तस्बिरमा फुल्छु भन्छ मखमली
मैले हुन्न भने
उमंगमा उन्माद हुन्छ
हर्षित हुने ठाउँ छैन
घमाइलो शरद छोडी
शिशिरमा फुल्छु भन्छ मखमली
मैले हुन्न भने
फूल्ने कुनै ठाउँ छैन
ठाउँ खोज्दै जाउँ कहाँ
तिमि जस्तै परदेशीको
पिरमा फुल्छु भन्छ मखमली
म अवाक् रहें
साँच्चै म अवाक् रहें
बिष्णुकुमार गिरी, जापान