छुवाछुत विरुद्ध युवाहरुको टोली बुटवलमा ,छुवाछुत अन्त्यका गर्न प्रतिबद्धता
विनोद परियार ,बुटवल,९ असोज । रुपन्देहीका राजनीतीक दल,प्रशाशन एंव अधिकारकर्मिले जातिय छुवाछुत विरोधी अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जातको आधारमा एक मानवले अर्को मानवलाई गर्ने ब्यबहार मानवअधिकारको गम्भिर अपराध भएको भन्दै उनीहरुले रुपन्देहीमा छुवाछुत अन्तयका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।
जातिय छुवाछुत अन्त्यका लागि राष्ट्रब्यापी सामुहिक अभियान टोलीसंगको अन्तरक्रिया कार्यक्रममा उनीहरुले छुवाछुतजन्य घटनाका दोषीलाई कानुनी कठघरामा ल्याउन सामुहिक पहल गर्ने वचन समेत दिएका छन् । छुवाछुत विरोधी मेची महाकाली यात्रामा निस्केको गैरदलित युवाहरुलाई मंगलबार रुपन्देहीका विभिन्न संसघसंस्थाहरुको संयुक्त आयोजनामा बुटवलमा स्वागत गरिएको थियो । स्वागत पश्चात आयोजित कार्यक्रममा बोल्दै नेपाली काग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक,नेकपा एमालेका अध्यक्ष लिला गिरी,एकिकृत नेकपा माओबादीका कृष्ण पोखरेल,नेकपा एकिकृतका सन्दिप सापकोटाले दलको तर्फबाट छुवाछुत अन्तयका लागि कार्यकर्तालाई प्रशिक्षित गर्ने र जातिय विभेदका घटना भए कारवाहीका लागि सहयोग गर्ने वचनबद्धता गर्नुभएको हो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दीपक थापाले विभेद सामाजिक र कानुनी अपराध भएको भन्दै त्यस्ता घटनाका विरुद्ध उजुरी परे जतिसक्दो चाडो कारवाही गर्ने बताउनुभयो ।
बुटवल नगरपालिकाका पूर्व मेयर भोज प्रसाद श्रेष्ठ,जिल्ला शिक्षा कार्यालय रुपन्देहीका उपसचिव उत्तरकुमार पराजुली,राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय बुटवलका प्रमुख दीपकजंगध्वज कार्की,अधिवक्ता महेन्द्र पाण्डे,धार्मिक क्षेत्रका जलिल मिया,मेघराज घिमिरे,नेविसंघका केन्द्रिय सदस्य जमुना ढकाल,अखिल मलिहा संघ क्रान्तिकारीका संयोजक लक्ष्मी कोईराला,दलित वर्ग उत्थान जिल्ला समव्नय समिति रुपन्देहीका पूर्व उपाध्यक्ष नन्द बहादुर खड्काथोकी लगायतले सभ्य समाजका लागि जातिय विभेद कंलक भएको भन्दै यसको अन्तयका लागि सबै एकमत भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय अभियान टोली प्रमुख रमेश अधिकारीले समाजमा अन्तरघुलन कायम गर्न गैर दलित युवाहरु छुवाछुत विरोधी अभियानमा लागेको बताउनुभयो । उहाले विकृत रुपमा मानिस सचेत भएकाले समाजमा हुदै नभएको र गर्ननै नहुने काम गरेकाले यसको अन्तयका लागि दल,मानवअधिकारकर्मि,नागरिक समाज सबैले साथ दिनुपर्ने बताउनुभयो । सो अवसरमा शंकरनगर बस्ने पुनम विक,मानपकडीका श्रीराम विक,स्मृति विक,सुरेन्द्र श्री विश्वकर्मा,माया बराल लगायले आफुले भोगेका विभेदजन्य घटना अनुभव सुनाएका थिए । कार्यक्रम आयोजक समितिका संयोजक एंव मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति गोविन्द खनालको अध्यक्षता,रिमा विसको संचालन,काहुराष्ट्रका नेत्र पाण्डेको स्वागत एंव ईन्सेकका अमृत गिरीको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो । अन्तरक्रिया पछि दलित तथा गैरदति समुदाय एकै ठाउमा बसेर सामुहिक रुपमा भोजन गरेका थिए । तनहु,काकस्ी,स्याङजा,पाल्पा हुदै बुटवल आएको छुवाछुत विरुद्ध राष्ट्रिय अभियानका सदस्यलाई खादा र अविर लगाएर बुटवलमा स्वागत गरिएको थियो ।
Posted by Butwalonline
on 5:50 PM. Filed under
News,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response