गणतन्त्रबादी नेता रामराजाप्रसाद सिंहको निधन
काठमाण्डौं । गणतन्त्रवादी नेता रामराजप्रसाद सिंहको आज विहान निधन भएको छ । सिकिस्त विरामी भएपछि गत भदौ १७ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनभएका सिंहको आज विहान ६ बजे निधन भएको उहाँ निकटका सहयोगी कुमार पौडेलले जानकारी दिनुभयो ।
कम्मरमुनिको भाग नचल्ने, ढाड दुख्ने, स्मरण शक्ति हराउने लगायतका रोगबाट पीडित हुनभएका ७७ बषिर्य सिंहलाई मंगलबारबाट सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भईरहेको थियो ।
उहाँको आजै राजकीय सम्मानका साथ अन्तिम दाहसस्कार गर्ने तयारी गरिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि सिंहको पार्थिव शरीरलाई तीन बजेसम्म दशरथ रंगशालामा राखिने र पाँचबजेदेखि शवयात्रा सुरु गरिने प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ । अन्तिम संस्कारको बारेमा निर्णय गर्न अहिले मन्त्रिपरिषदको बैठक बसिरहेको छ ।लामो समयदेखि मधुमेह, उच्च रक्तचाप, र मिर्गौलाको समस्याबाट पीडित उहाँ विगत एक बर्षदेखि घरमै औषधि सेवा गरेर बसिरहनुभएको थियो ।समाचार ऑनलाइन खबर बाट