साफ महिला फुटबलमा नेपालद्वारा अफगानिस्तान ७-१ ले पराजीत
काठमाण्डौं
भदौ २७- श्रीलंकामा जारी रहेको साफ महिला फुटबलमा लगातार तेस्रो जीत हात पार्दै सेमिफाइनलको यात्रा तय गरेको छ । आज भएको खेलमा नेपालले अफगानिस्तानलाई सात एक गोल अन्तरले पराजीत गरेको छ ।
प्रतियोगितामा जीत दिलाउन नेपाली खेलाडी नीरु थापाले खेलको पाँचौ र पहिलो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन् भने जमुना गुरुङले खेलको १९ औ मिनेटमा अर्को गोल गरिन् । त्यस्तै साजना रानाले खेलको ४७ औ र ७२ औ मिनेटमा दुई गोल गरिन । साथै अनु लामाले खेलको ६९ र ८९ औ मिनेटमा गरेको गोलको मद्दतले नेपालले अफगानिस्तानलाई सात एक गोल अन्तरले पराजित गरेको हो । अफगानिस्तानका तर्फबाट भने खेलको ४२ औ मिनेटमा मर्जनले एक मात्र सान्तवना गोल गरेकी थिइन् ।
यो जीतसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रबेश गरेको छ । अर्को खेलमा नेपालले शुक्रबार श्रीलंकाको सामना गर्ने छ । समूह ए बाट भारत र घरेलु टिम श्रीलंका सेमीफाइनलमा पुगिसकेका छन् ।
समाचार ऑनलाइन खबर बाट