छापामारहरुको रकेट आक्रमणमा अमेरिकी राजदूत मारिए
वासिङटन, भदौ २७ (एजेन्सी)- छापामारहरुको रकेट आक्रमणमा लिबियाका लागि अमेरिकी राजदूत क्रिस्टोफर स्टेभन्स र अरु तीन अमेरिकी नागरिकको मृत्यु भएको ह्वाइट हाउसले पुष्टि गरेको छ। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति बाराक ओबामाले विश्वभरका अमेरिकी कुटनीतिक नियोगमा सुरक्षा बढाउन निर्देशन दिएको उल्लेख छ।
लिबियाको पूर्वी सहर मेन्जाघीस्थित अमेरिकी कन्सुलेटको कार्यालयमा आक्रमण भएपछि भाग्दै गरेका राजदूत स्टेभन्स चढेको गाडीमा विस्फोटक पदार्थ राखिएको रकेट बज्रिएपछि उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
सीएनएनका अनुसार अमेरिकी रक्षा मन्त्रालयले त्यहाँको सुरक्षाका लागि दुई मरिन प्रति आतंकवाद सुरक्षा समूहलाई पठाएको छ।
अमेरिकामा बनेको 'इनोसेन्स अफ मुस्लिम' नामक फिल्मले मुस्लिम धर्मगुरु मोहम्मदको अपमान गरेको भन्दै भड्किएको दंगाबाट अमेरिकी कन्सुलेटमा रकेट आक्रमण भएको बताइएको छ।फिल्मको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले कायरोस्थित अमेरिकी दूतावासमा पनि प्रदर्शन गरेका थिए।
समाचार नागरिक न्यूज बाट
