पाकिस्तानको भीषण आगलागीमा कम्तिमा १९१ जनाको मृत्यु
इस्लामावाद, भदौ २७ (एजेन्सी)- पाकिस्तानका दुई मुख्य सहरमा भएको भीषण आगलागीमा कम्तिमा १९१ जनाको मृत्यु भएको छ। गएराति लाहौरको जुत्ता उद्योग र कराचीको गार्मेन्ट उद्योगमा आगो लागेको थियो|
कराचीको आगोमा कम्तिमा १६६ जनाको मृत्यु भएको थियो। बुधबारसम्म पनि उद्धारकर्मीहरुले त्यहाँबाट लाश निकालिरहेका थिए।
आगोले उद्योगको घरै भत्किने संभावना रहेको सरकारी अधिकारीहरुले बताएका छन्।लाहौरको जुत्ता उद्योगमा कम्तिमा २५ जनाको ज्यान गयो। त्यहाँ राखिएको जेनेरेटरमा आगो लागी नजिकै राखिएको रसायनमा सल्किएपछि घटना भएको थियो।समाचार नागरिक न्यूज बाट
