पुल नजिकै डाइभर्सन निर्माण भएपछि हल्का सवारीसाधन सञ्चालनमा
परासी, आश्विन २ - भाँचिएको लोकाहा खोलाको पुल नजिकै डाइभर्सन निर्माण भएपछि मंगलबार साँझदेखि यातायातहरू सञ्चालनमा आएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको प्रगतिनगर र पिठौली जोड्ने लोकहा पुल सोमबार भाँचिएपछि बन्द रहेका यातायात साँझ मात्र सञ्चालनमा आएको हो ।
लोकाहा खोलादेखि दक्षिण तर्फ करिब ८ सय मिटर तलबाट बैकल्पिक डाइभर्सन बनाएपछि सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । प्रहरीका अनुसार सडक बन्द हुँदा अलपत्र यातायातका साधन चल्न थालेपछि यात्रुहरू आआफ्नो गन्तव्य तिर जान थालेका छन् । पुल भाँच्चिदा सोमबारदेखि नै सयौं सवारी साधन र हजारौं यात्रुहरू अलपत्र अवस्थामा रहेका थिए ।
सुदुर पश्चिमका बसमा रहेका यात्रुहरूको लोकाहा खोला पार हुन पाउँदा सबैभन्दा बढी खुसी देखिएका थिए । ३६ घण्टाको अवधिमा बैकल्पिक डाइभर्सन बनाइएको थियो । लोकाहा हुँदै पिठौलीबाट करिब ३ किलोमिटर यात्रा गरेपछि प्रगतिनगर चोकमा सवारी साधनहरू निस्कन सक्छन् । मुख्य डाइभर्सनको काम नसकिँदा मालबाहक ट्रक भने पार हुन सकेका छैनन् ।
जिप, कार मोटरसाइकल र एम्बुलेन्सहरू भाँचिएको पुल बाट वारपार भएका छन् । बस, मिनी बस, पिकअप जिपहरु वैकल्पिक डाइभर्सन पार गरी सञ्चालन भएका छन् । केरुङ्गेखोलाबाट गिट्टीहरू लगेर डाइभर्सन बनाउन थालिएको छ । पुल को नजिकैबाट बनाइएको डाइभर्सन निर्माण पूर्णरूपमा बुधबार साँझसम्म हुने सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । ७० वर्ष आयु रहेको पुल मा क्षमताभन्दा बढी लोड बोकेका सवारी साधनका कारण जीर्ण बनेको सडक डिभिजनले जनाएको छ । कांतिपुरमा प्रकाशित