शल्यक्रिया गराउने क्रममा संक्रमण भएकी एक महिलाको मृत्यु
काठमाडौं, असोज २- प्रसुति गृह अस्पतालमा शल्यक्रिया गराउने क्रममा संक्रमण भएकी एक महिलाको मंगलबार कान्तिपुर अस्पतालमा मृत्यु भएको छ। गत बिहीबार प्रसुतिगृहमा सिजेरियन गराउने क्रममा संक्रमण भएकी स्युचाटार- २ की २६ वर्षे लता गुरुङको आज बिहान ८ बजे मृत्यु भएको हो।
थापाथलीस्थित प्रसुतिगृह अस्पतालको ३ वटै शल्यकक्ष संक्रमित भएपछि लता सहित ८ शल्यक्रिया भएका जना महिलालाई विभिन्न अस्पताल रेफर गरिएको थियो। उनी बाहेक अन्य ७ जनाको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
मृतक गुरुङका आफन्तले राहत र प्रसुतिगृहका दोषीमाथि कारवाही माग गर्दै कान्तिपुर अस्पतालमा रहेको शव उठाउन मानेका छैनन्। प्रसुतिगृह प्रशासनले त्रुटि स्वीकारे पनि क्षतिपूर्ति लगायतका विषयमा केही स्पष्ट पारेको छैन। मृतक र अन्य विरामीका आफन्तले घेरेपछि अहिले प्रसुतीगृहको अवस्था तनावपूर्ण बनेको छ।
नागरिक न्यूजमा प्रकाशित