|

हुकुमी शासनको विरुद्धमा लाग्छौं : पौडेल

मुक्तिप्रसाद न्यौपाने, पाल्पा - बाबुराम भट्टराई नेतृत्वको सरकरले सर्वसत्ताबाद लादेर हुकुमी शासन चलाउन खोजेको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताएकाछन् ।
   
पाल्पामा आयोजित तीनदिने प्रशिक्षणको उपलब्धि तथा पत्रकार भेटघाटमा कुराकानी गर्दै पौडेलले देशका चुनौती, संवैधानिक निकास, पार्टीको मूलनीति प्रजातान्त्रिक समाजवादका विषयमा पार्टी एक भएको घारण समेत व्यक्त गरेकाछन् । स्वायत्तता, स्वतन्त्रताको नाममा अधिनायकवाद अगाडि आएकोमा कांग्रेसले पार्टीले घोर प्रतिवाद गर्ने बताइएको छ । उनले प्रधानमन्त्रि बाबुराम भट्टराईले एकलकााटे ढङ्गबाट अगाडी बढेको र अरुलाई दोष लगाएर पञ्छिन खोजेको आरोप समेत लगाए । संविधान सभा पुनस्थापना गर्नकालागि पहिले माओवादीसाग सहमति हुनुपर्ने पौडेलले बताए ।
   
लुम्बिनी अञ्चल स्तरीय पार्टी सभापति तथा केन्द्रीय सदस्यहरुको भेलाबाट नेपाली कांग्रेस विपन्न, दलित तथा पिछडिएको वर्गकालागि पार्टी दृढता पूर्वक उभिएको उनले बताए । भेला शनिबार सकिएको हो । भेलामा २२ जिल्लाका पार्टी सभापतिहरु तथा पार्टीका केन्द्रीय तहका नेताहरुको सहभागिता रहेको थियो ।

Posted by Butwalonline on 5:41 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "हुकुमी शासनको विरुद्धमा लाग्छौं : पौडेल"

Leave a reply