|

झरना बचत कोष युएईले तिज कार्यक्रम भव्यताका साथ सम्पन्न ग–यो


गिता मणि पाण्डे युएई डेस्क ,२१ सेप्टेम्वर का दिन नेपाली महिलाहरुको हरितालिका तिज पर्वको अवसरमा झरना वचत कोष युएईले भव्य तीज कार्यक्रम सम्पन्न गरेको छ ।

झरना बचत कोष युएईका संस्थापक अध्यक्ष गिरमान थापा मगरको सभापत्विमा उपेन्द्रराना मगर , रामचन्द्र भटटराई तथा सुनिताराना मगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा अतिथि नुनप्रसाद सोमै मगर ,महेश मोक्तान, मिलन लामा बन्दिपुरे टेन्सन माहिलो लगायतले उद्घाटन गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

युएईको दुवई शहरमा रहेको एभरेष्ट ईन्टरनेसनल होटलमा सम्पन्न कार्यक्रममा युएईमा रहेका संघ संस्थाका प्रतिनिधी , व्यवसायी , मिडियाकर्मि , तथा युएईमा कार्यरत नेपाली दाजु भाई दिदीवहिनिहरुको उल्लेख्य उपस्थित थियो भने स्थानिय कलाकार भुवन थापा मगर , सपना राना मगर ,शिला राना मगर ,दिपक समाल मगर जंगथापा मगरको तिज सम्वन्धि वेजोड सास्क्रित सौगात प्रस्तृत गर्नुका साथै नृत्य द्घारा उपस्थित सबैलाई आफनो देश कला सस्किृती देखि टाढा रहेता पनि तीजको समयमा घन्कने भाकाले देखिएको प्रस्तुतिलाई स्वदेशमै भएको भन्दै लयमा लय मिलाउदै कम्मर मर्काइ मर्काइ नाच्दै मनोरञ्जन लिईरहेको   देखिन्थ्यो ।

अन्तमा कार्यक्रमका सभापति गिरमान थापा मगरले  संस्थापक सदस्यहरु गणेश भटटराई , रामचन्द्र भटटराई ,  गोविन्द देवकोटा , धनवहादुर गुरुङ , तुलवहादुर पुन , गणेश पौडेल ,वन्दिपुरे टेन्सन माहिलो कलाकारहरु भुवन थापा मगर , सपना राना मगर , कृणा थापा मगर , शिला राना मगर , दिपक समाल मगर , जंग थापा मगर दोसल्ला ओढाएर प्रमान प्रत्रका साथ सम्मान गरिएको थियो कार्यक्रमलाई रोचक वनाउन नोकिया ५०० चिटटा उपहार राखेको थियो जस अन्तरगत भुप जित बुर्जामगर परेको घोषणा गर्दे सास्कृतिक कार्यक्रम तथा जलपान समारोह सहित परिचय कार्यक्रम समापन भएको घोषणा गरिएको थियो ।







Posted by Butwalonline on 11:10 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "झरना बचत कोष युएईले तिज कार्यक्रम भव्यताका साथ सम्पन्न ग–यो "

Leave a reply