लुम्बिनी अञ्चल अस्पतालमा विवाद कायमै
बुटवल,रास । लुम्बिनी अञ्चल अस्पताल बिकास समितीका अध्यक्ष राजेन्द्र गुप्ताले दिएको अनावश्यक अभिव्यक्तिका कारण त्यहा कार्यरत कर्मचारीहरु असुरक्षित र भयवित हुंदै गएको कर्मचारीहरुले गुनासो गरेका छन । बिभिन्न तह र तप्कामा रहेका संगठित कर्मचारीहरुले बिज्ञप्ती जारी गरी अध्यक्ष पदमा रहेका व्यक्तिले सरकारी बिधि बिधान अनुसार अस्पताललाई चलाउनु पर्ने, तथा कर्मचारीहरुलाई शुरक्षा प्रदान गरी मार्ग दर्शन गर्दै अंगाडी बढ्नु पर्नेमा कपोलकल्पित भ्रामक र पदिय जवाफदेहिता विपरित अभिव्यक्ति दिएको भन्दै त्यसको घोर भ्रत्सना समेत गरेका छन ।
अस्पतालमा कार्यरत कर्मचारीहरुका संगठन नेपाल स्वास्थ्य कर्मि संघ सचिव तिलक गौतम, निजामति कर्मचारी युनियनकी अध्यक्ष प्रभा ज्ञवाली र अस्पताल बिकास समिती कर्मचारी युनियनले सोमबार संयुक्त विज्ञप्ती जारी गरी अस्पतालमा आउने बिरामीको चाप अनुसारको शैया, अस्पतालमा जम्मा हुने फोहोर व्यबस्थापन, बिरामी कुरुवा तथा उनीहरुको सुरक्षा, अस्पतालमा तुरुन्तै आईसियु सञ्चालन, अस्पताल बिधिबिधान अनुसार चल्नु पर्ने, सेवा चुस्त दुरुस्त हुनुपर्ने जस्ता कुराहरुहरुमा अध्यक्ष गुप्ताले ध्यान नदिएर पदिय आचरण बाहिर गई अनावश्यक अभिव्यक्ति दिएकोले सो अभिव्यक्तिलाई तत्काल सच्याउन समेत माग गरेका छन ।
सो विज्ञप्तीमा अध्यक्ष गुप्ताद्वारा सृजना गरिएको विषम परिस्थितीका कारण अस्पतालका मेडीकल सुपरिटेण्डेण्ट तथा एनेस्थिेटिष्ट डा. रमेशमान सिंह बिदामा बस्न बाध्य बनाईएकोले अस्पतालको नियमित अपरेसन अन्यत्रबाट एनेस्थेटिष्ट झिकाएर काम चलाउनु परेको पनि उल्लेख गरिएको छ । यस्तो अवस्थामा अस्पतालमा कुनै पनि घटना घट्न गएमा त्यसको जिमवेवारी अध्यक्ष गुप्ताले लिनु पर्ने उल्लेख गरिएको छ ।
