|

दुबईमा फेरि अर्को नेपाली रेष्टुरेण्ट खुल्यो


लालबहादुर ढेंगा, दुबई । वैदेशिक रोजगारीको सिलसिलामा युएईस्थित नेपाली कामदारहरुको भित्रिने क्रमसंगै नेपाली रेष्टुरेण्ट व्यावसायमा पनि बृद्धि भएको छ । गत १३ सेप्टेम्बर बिहीबारका दिन युएईको मुटु मानिने दुबई सहरमा फेरि अर्को नेपाली रेष्टुरेण्टको उद्घाटन गरिएको छ ।

अल अहालिया मनी एक्सचेन्जमा कार्यरत बेनी ढकालद्धारा रिवन काटेर पूजाआजाका साथ उद्घाटन गरिएको सिल्वर स्पून रेष्टुरेण्टको संचालिका दीपा पाण्डे रहेकी छिन् । विगत ११ बर्षदेखि दुबईमा कार्यरत देवीनगर बुटवल घर भएकी दीपा पाण्डे पहिलो पटक रेष्टुरेण्ट व्यावसाय क्षेत्रमा उत्रेकी छिन् । युएईमा नेपाली कामदारहरुको बृद्धि हुदै गएको परिपेक्ष्यमा आफ्नै स्वदेशी परिकारका स्वादहरु पस्कने जर्मको गरेकी पाण्डेले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई रेष्टुरेण्टमा आएर खाना खानको लागि आग्रह समेत गरेकी छिन् ।

युएईको सन्दर्भमा हेर्ने हो भने नेपाली व्यावसायहरु फस्टाउंदै गएको पाईन्छ । नेपाली कपडा पसल, ट्राभल्स तथा टुरिजम, किनारा पसल (ग्रोसरी) ईलेक्ट्रोनिक पसल, व्यूटीपार्लर र रेष्टुरेण्ट व्यावसाय क्षेत्रमा लगानीकर्ता मध्ये रेष्टुरेण्ट व्यावसायमा बृद्धि हुदै गएका छन् । विगत १२ बर्षअघि युएईमा नेपाली सामानको लागि नेपालबाट आउनेहरुसंग मगाउन बाध्ये थिए भने अहिलेको अवस्थामा सबै नेपाली सरसामान सहज र सजिलोसंग उपलब्ध हुन्छ । प्रवासको भूमिमा पनि आफ्नो देशको परिकारका स्वादसंगै मौलिकता झल्कन पनि हामी नेपालीहरुको लागि गौरवको कुरा हो ।







Posted by Butwalonline on 5:41 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुबईमा फेरि अर्को नेपाली रेष्टुरेण्ट खुल्यो"

Leave a reply