|

आज चौठचन्द्र अर्थात चौरचन पर्व मनाइदै

महोत्तरी, आश्विन ३ । तराईका जिल्लाहरुमा आज चौठचन्द्र अर्थात चौरचन पर्वको तयारी भइरहेको छ । विषेश गरी तराई जिल्लामा मनाइने यो पर्वमा आज साँझ ब्रतालुहरुले आ–आफ्नै घरको आँगन तथा कौशीबाट उदाएको चन्द्रमालाई अर्घ दिनेछन् ।

भगवान गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पुजा गर्न थालिएको धार्मिक मान्यतासँगै मुगलहरुको समयमा हिन्दू धर्माबलम्बीहरुले आफ्ना घरपरिवारका महिला सदस्यका सुरक्षाको लागि जाग्राम बस्न यो पर्वको थालनी गरेको जनविश्वास रहिआएको छ । 

यस पर्वमा चामल र गहुँको पीठोका विभिन्न पकवान बनाउनुका साथै फलफूल, मिठाईका परिकार र दही पूजा सामग्रीका रूपमा प्रयोग गरिन्छ । यस पर्वमा हरेक परिवार आफ्नै तरीकाले चन्द्रमालाई अर्घ चढाउने गरेको पाइन्छ । 

माटोको भाडोमा राखेर तयार पारिएको दही मात्रै यो पर्वको लागि उपयुक्त मानिन्छ । आजैको दिन सबैले आफ्ना–आफ्ना मित्रहरुलाई घरमा बोलाएर भोजन गराउने परम्परा अझै यथावत नै छ । 
इमेज च्यानलमा प्रकाशित 

Posted by Butwalonline on 8:06 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आज चौठचन्द्र अर्थात चौरचन पर्व मनाइदै"

Leave a reply